अर्घाखाँची । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था सन्धिखर्कका अध्यक्ष कमल प्रसाद घिमिरेले त्रिवेणी बचत तथा ऋण सहकारीमा गरेको लगानी डुब्ने चिन्ता नगर्न सेयर सदस्यहरुलाई आग्रह गरेका छन् । त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले शनिबार सन्धिखर्कमा आयोजना गरेको संचालक समिति सहित १५ वटा उपसमितिको संयुक्त बैठकमा बौल्दै अध्यक्ष घिमिरेले मुलुकभरका बिभिन्न सहकारीमा आर्थिक अपचलन, आर्थिक संकट, आर्थिक हिनामिना गरेको, लगानी तथा बचत माग्दै सेयर सदस्यले आन्दोलन गरेको, सहकारी संचालक फरार भएको जस्ता समाचारबाट तर्सिएर त्रिवेणीमा गरेको लगानीको चिन्ता नगर्न आग्रह गरेका हुन् ।
गत आ.व. ०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले व्यवस्थापक तुल्सीराम खनालले संस्थाको नेतृत्व र व्यवस्थाकिय टिम दक्ष, सक्षम र मितव्ययी रहेको, बचत र लगानीको दिगो भिजन सहित कारोबार गरिएको, गलत ऋण्ीाको कारोबारले समस्या निम्त्याउने अवस्था नरहेकाले त्रिवेणीमा कुनै किसिमको कारोबार डुब्ने अवस्था नरहेको स्पष्ट पारेको छ । १६ करोड बढीको पूँजी र १ करोड जगेडा कोष जम्मा गरेको त्रिवेणीले राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैंया बराबरको सेयर खरिद गर्न सफल भएको सहकारीले जनाएको छ ।
यस्तै त्रिवेण्ी सहकारीले आ.व. २०७९÷०८० को जम्मा आम्दानीबाट प्रत्येक सेयर सदस्यलाई करिब १० प्रतिशत सेयर बोनस बितरण गर्ने योजना बनाएको व्यवस्थापक खनालले जानकारी दिए ।
संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष यमकला बन्जाडे –मधु) को स्वागत मन्तव्य र सदस्य शिब बेल्वासेकोे सञ्चालनमा सम्पन्न बैठकमा बोल्ने अधिकांश वक्ताहरुले व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रलाई आर्थिक समृद्धिमा लैजान सहकारीलाई भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
सन्धिखर्क नगरपालिकाका १२ वटै वडामा सेवा बिस्तार गरेको त्रिवेणी सहकारीमा हाल १ हजार जना सेयर सदस्य र ३ सय जना बाल बचत सदस्य रहेका छन् । २०६८ सालमा स्थापना भएको त्रिवेणीले हाल सुलभदर र सहज रुपमा कर्जा लगानी, बचत संकलन, नेतृत्वको क्षमता विकास तालिम, सेयर सदस्य केन्द्रित सहकारी तालिम, पहिलो मालिक कार्यक्रम, त्रिवेणी शैक्षिक पुरस्कार, त्रिवेणी पत्रकारिता पुरस्कार, महिला तथा बालबालिका केन्द्रित कार्यक्रम सहित आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने गतिविधि गर्दै आएको छ ।