अर्घाखाँचीः सार्वजनिक यातयात व्यवसायीहरु आन्दोलित

नविन रसाईली अर्घाखाँची । सन्धिखर्कको शान्ति बँगैचामा बुधवार बिहान करिब १०ः बजेतिर धेरै गाडीहरुको भिड देखियो । गाडीको भिडको बिचमा रहेको मञ्चमा विभिन नाराहरु लगाएको आवाज सुनियो । “निजी सवारी साधनको सार्वजनिक प्रयोगलाई निरुत्साहित गरौं, व्यवसायीक एकता कायम गरौं, कानुनको अक्षरस कार्यन्वयन गरौं” जस्ता नाराहरु सुनिए । नजिकै गएर बुझ्दा त्यो आन्दोलन सार्वजनिक यातयात व्यवसायीहरुको रहेछ ।

अर्घाखाँची जिल्लामा निजि सवारी साधनको ज्यादती बढ्दै गएको लंका यातयात प्रा.लिका अध्यक्ष कृष्ण भुसालले बताए । भुसालले सवारी साधन जुन प्रयोजका लागि लिइएको छ, त्यसैमा प्रयोग गर्नुपर्ने बताउँदै सार्वजनिक सवारी बोक्ने मन भएमा त्यसैअनुसार दर्ता गर्नुपर्ने बताए । सार्वजनिक यातयात व्यवसायीहरु पेशा गरेर ईतिहास बदल्नको लागि सवारी साधन चलाएर बसेको भुसालले सुनाए । ‘रातो प्लिेटवाला सवारी साधन आफ्नो निजी प्रयोजनका लागि लिएको हो त्यी साधनले भाडावाला मान्छे वा कुनै सामान बोक्न पाइदैन’ उनले भने ‘जिल्लामा पछिल्लो समय त्यी सवारी साधनमा यात्रुहरु बोक्ने गरेको पाइएको छ, सरोकारवालाको छिटो ध्यान जाओस् ।’

निजी सवारी साधनहरुले भाडामा यात्रुहरु ओसार–पोसार गर्दा सार्वजनिक यातयात व्यवसायीहरु मर्कामा परेको ट्याक्सी व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष महेन्द्र भुसालले बताए । भुसालले सबैले कानुनको पालना गर्नुपर्ने बताउँदै सम्बन्धीत निकायले निजी सवारी साधनको यो प्रयोजनलाई तत्काल रोक्न आग्रह गरे ।

अर्घाखाँचीमा सार्वजनिक यातयात व्यवसायीहरुले रातो नम्बर प्लेटवाला सवारी साधनको सार्वजनिक प्रयोग रोक्न निरन्तर आन्दोलन गरिरहेका छन् । उदेश्य बमोजिम गाडी सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन एक हप्ताको समय दिएर जिल्ला प्रशासन कार्यालयलाई यस अघि नै ध्यानाकर्षणपत्र बुझाउँदा समेत आफुहरुको माग तथा गुनासो सुनुवाइ नभएकोएका एक ट्याक्सी चालकले बताए ।

बुधवारको आन्दोलन पश्चात जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला र यातयात व्यवसायीहरु बिच निजी सवारी साधनमा भाडामा सवारी ओसार–पोसार गर्ने गरेको सम्बन्धमा कानुन बमोजिम कारबाही गर्ने सहमती भएको ट्याक्सी व्यवसायी समिति कार्यालय सचिव नारायण भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img