२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

कृषि ऐन पहिलो प्राथमिकताः मन्त्री भुसाल

Workplace

नविन रसाईली अर्घाखाँची । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि ऐन पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजिक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले आफ्नो कार्यकालमा कृषि ऐन ल्याउने बताएका हुन । मन्त्री भुसालले नेपाल कृषी प्रधान देश भएपनि हालसम्म कृषि ऐन नहुनु दुःखद रहेको बताउँदै अहिले मन्त्रालय कृषि ऐन बनाउने कार्यमा लागिरहेको उल्लेख गरे । कृषि ऐन बनाउन सकियो भने पनि धेरै समस्या समाधान हुने उनले विश्वस्त पारे ।

यस्तै मन्त्री भुसालले नेपालको अर्थतन्त्रको ठुलो मेरुदण्ड भनेको कृषि रहेको बताउँदै कृषिबाटै अर्थतन्त्र सुधार गर्न सकिने बताए । “नेपाल कृषि प्रधान देश हो, यहाँको अर्थतन्त्र कृषिमा निर्भर छ, अहिले कृषिमा धेरै समस्या छन्, त्यी समस्याको समाधान गर्न आवश्यक छ ।”उनले भने “नेपालमा कृषिका समस्याहरु मध्ये बाँझो जमिन, सिँचाई, बिउ मल हुन्, सरकार अहिले त्यी समस्याको समाधानका उपायहरु खोज्न लागिरहेको छ ।”

देश यतिबेला आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारले हरेक क्षेत्रका बजेटको कटौती गरिरहेको छ । अन्य क्षेत्रको बजेटको तुलनामा कृषि क्षेत्रको बजेट कम कटौती गर्ने मन्त्री भुसालले जानकारी दिए ।

यस्तै गठबन्धनबाट विस्तारै दलहरुले विस्वासको मत र्फिता लिइरहेका बेला सरकार ढल्ने सम्भावना कत्तिको छ ? भन्ने पत्रकारहरुले गरेको प्रश्नमा मन्त्री भुसालले राजनिती सम्भावनै सम्भावनाको खेल रहेको जवाफ दिएका थिए । नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय उपाध्यक्ष समेत रहेका भुसालले राजनिती सम्भावनै सम्भावनाको खेल भएपनि यो गठबन्धन नटुटने जवाफ दिएका थिएँ । उनले प्रचण्ड नेतृत्वको सरकारले जनअपेक्षा अनुरुप काम गरिरहेको बताउँदै लोकतन्त्रलाई जोगाउन पनि यो गठन्धन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज पिताम्बर भुसाल, केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज पिताम्बर सारु, जिल्ल अध्यक्ष राम बहादुर चौहान, विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष विरेन्द्र के.सीको स्वागत मन्तव्य र सह–सचिव हृदय भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै