२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

भुमिकास्थान २ मा आगो लगाउने व्यक्तिहरु पक्राउ

Workplace

नविन रसाईली अर्घाखाँची । बैशाख २६ गते भुमिकास्थान नगरपालिका वडा नंं. २ मा आगो लगाउने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नं. २ का ७० वर्षिय देविराम बेल्बासे, ३६ वर्षिय दिनेश थापा, १८ वर्षिय दिपक बि.क र ३६ वर्षि धर्मराज बेल्बासे रहेका छन् । उनिहरुलाई मंगलबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको हो । उनिहरुले लगाएको आगोमा जलेर ४ जनाको मृत्यु भएको थियो ।

घटना कसरी भएको थियो ?
बैशाख २६ गते बिहान भुमिकास्थान नगरपालिका वडा नं. २ का देविराम बेल्बासे र उनका दाजु पिताम्बर बेल्वासे घाँस काट्न तिरतिरे जंगल नजिकैको खरेनमा गए । करिब ९ बजेतिर पिताम्बर बेल्वासे घाँस काटेर घर फर्किए । त्यसको केहि समय पछि करिब ९ः१५ बजेतिर देविराम बेल्वासे पनि घाँस काटेर घर फर्कदै थिए । त्यस स्थानमा बँदेल लगायतका जंगली जनावरको आतंक बढिरहेको थियो । उनले झाँक्रिकोथान (सानो पँधेरे) भन्ने स्थानमा घाँसको भारी बिसाएर आफुसँग भएको लाइटरले झाडीमा आगो लगाइदिए । आगो सल्किएपछि घाँसको भारी बोके र घरतर्फ लागे । खोलापारीपट्टी रहेको राउटावारी, पहाड पखेरो भन्ने स्थानमा देविरामले लगाएको आगो गएन । त्यसैक्रममा धर्मराज बेल्बासेले पारीपट्टी आगो लगाउँदै गरेका थिए । धर्मराजले फोन गरेर दिनेश थापा र दिपक वि.कलाई बोलाएर आफुसँग भएको लाइटर दिए । उनले पारीपट्टी रहेको घर्तीटोलाको खरेनमा आगो लगाउन भने । बेल्वासेबाट दिपक वि.कले एक हातमा लाइटर र अको हातमा बल्दै गरेको बाँसको कप्टेरो लिएर पारीपट्टी पु¥याइ दिनेश थापालाई दिदाँ हातबाट बाँसको कप्टेरो खस्न गइ आगो लागेको वि.कले बताए । सोही स्थानको केही तल दिपक बि.क.ले बिभिन्न ठाउँमा लाईटरले आगो लगाउँदा फैलिन गई खरेन हुँदै बस्तितर्फ आगो गएको अनुशन्धानको क्रममा उनले भनका छन् ।
बस्तितर्फ आउँदै गरेको आगो निम्याउन खोज्दा भुमिकास्थान २ बेल्वासेटोलका पिताम्बर बेल्बासे, माधब बेल्बासे, घनश्याम बेल्बासे र पदम प्रसाद बेल्बासे जल्न गई गम्भिर घाईते भएका थिए । उनिहरुको उपचारको क्रममा मृत्यु भैसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सोही आगोमा जेलेकीे अस्मिता बेल्बासे उपचार पछि निको हुँदै छिन् । उनको अवस्था अहिले सामान्य छ । त्यस आगोलागीको कारणले बेल्वासेटोलका थारो÷गोठ, परालको टौवा तथा भैंसी समेत जलेका थिए ।

उनिहरुलाई के सजाय हुन्छ ?
पक्राउ परेका ४ जनालाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरि अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताए । उनिहरुले कसैको ज्यान मार्ने उद्देश्यले आगोलागी नगरेपनि कानुन बमोजिम कारोबाही भोग्नुपर्ने हुन्छ । कानुनमा यस्तो भनिएको छ “मुलुकि अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसुरको दफा १८२ हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुनेः (३) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितब्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिना देखि दुई वर्ष सम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै