आवधिक योजना बनाउदै धातिवाङ्ग

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गले बालमैत्री योजना, वडा प्रोफाइल र आवधिक योजना तयारी सुरु भएको छ । शुक्रबार देखि सुरु भएको आवधिक योजना सनिवार सम्म चल्ने भएको हो ।

गाउँपालिकाले समेत गर्न नसकेको आवधिक योजना ६ नं. वडा कार्यालयले गरेकोले उदाहरणीय कार्य भएको पालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । न्यौपानेले सबै वडा र पालिकाले समेत आवधिक योजना बनाउनुपर्ने आवश्यक रहेको बताउदै योजना अनुसार काम गर्दा विकासले गति लिन सक्ने बताएका थिए । “पालिकाको पनि आवधिक योजना बनाउन आवश्यक छ तर विभिन्न कार्यहरुले गर्दा बनाउन सकेका छैनौं, यस वडाले आवधिक योजना तथा वडाको प्रोफाइल बनाउने कार्य सबैका लागि उदाहरणीय छ ।” उनले भने “बनेका योजनालाई कार्यन्वयन गर्न पालिकाबाट सक्ने पलह गर्ने छौं, वडा बासी सबैले आफ्नो योजना सम्झिए योजना सफल हुने छ ।”

धातिवाङ्गको स्थानिय स्रोत र साधनको प्रयोग गरेर समृद्धि धातिवाङ्ग बनाउन सकिने योजना विज्ञ इन्द्रमणी पौडेलले बताए । उनले योजना बनाउदा आफुसँग जे छ त्यसैलाई प्रयोग गरेर बनाउनुपर्ने बताए । धातिवाङ्गका स्थानिय समेत रहेका डा. पौडेलले आफु जहाँभएपनि वडा बासी र धातिवाङ्गको मायाले सताउने बताउदै धातिवाङ्गकाृ विकासको लागि निरन्तर लागिरहेको र आगामी दिनहरुमा पनि लाग्ने बताए । “म जहाँभएपनि मेरो मन धातिवाङ्गको माटो मै रहन्छ, यहाँको विकासको लागि हालसम्म निरन्तर लागिरहेको छु, आगामी दिनहरुम्ँ पनि निरन्तर लाग्ने छु ।” उनले भने “योजना विना विकास सम्झव नभएकोले आवधिक ५ वर्षे योजना बनाउन लागेका हौ.।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नम्रदा पौडेल गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै योजना बनाउर्नेदा शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन ।

बनेका ५ वर्षे आवधिक योजनालाई कार्यन्वयन गर्न सबै पक्ष राजनिति भन्दा माथि उठ्नुपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । भुसालले वडा नं. ६ ले योजना तर्जुमा जस्तै जग्गा वर्गिकरणको कार्य पनि अघि बढाए अझ उदाहरणीय हुने बताए ।

वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले आवधिक योजनाले जनताका आधारभुत आवश्यकता पुरा गर्न सक्ने अपेक्षा लिएको बताए । उनले यहाँ उत्पादन भएका स्थानिय बालीलाई बजारीकरणलाई प्राथमिकता दिने बताए । वडा बासीको समस्यालाई राम्ररी अध्ययन गरेको बताउदै त्यसलाई समाधानमा आफु निरन्तर लाग्ने बताए ।

कार्यक्रममा विषय विज्ञ हिम्मतसिंह लेकाली र डा. इन्द्रमणी पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता र वडा सचिव गिता वाग्लेको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img