२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

आधिकारिक ट्रेड युनियन अर्घाखाँचीद्धारा कर्मचारीहरुलाई स्वागत तथा विदाई

Workplace

अर्घाखाँची । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले नव आगन्तुक कर्मचारीहरुलाई स्वागत र सरुवा तथा निवृत भएर जान लागेका कर्मचारीहरुलाई विदाई गरेको छ । बुधबार एक कार्यक्रमका बिच कर्मचारीहरुलाई स्वागत तथा विदाई गरिएको थियो । युनियनका अध्यक्ष कृष्ण बर्माले कर्मचारीहरुको हकहितका लागि युनियन निरन्तर लागिरहेको बताउँदै सेवा प्रवाहको लागि सकारत्मक र रचनात्मक विभिन्न कार्यहरु गर्दै आई रहेको पनि स्मरण गर्नुभयो । उहाँले नियमित कार्यक्रम अन्तर्गत सेवा प्रवेश गरी अर्घाखाँची जिल्लामा कर्मथलो बनाएर आउने नव आगन्तुक कर्मचारीहरुलाई स्वागत र सरुवा तथा निवृत भएर जानेहरुको लागि विदाई गर्दै आइरहेको बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद आचार्य, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बुद्धिराज घिमिरे, मालपोत कार्यालयका नासु गंगा भुसाल, सरकारी वकिलका स.क.अ. लक्ष्मीनारायण चौधरी, नापी कार्यालयका अमीनद्वय नमुना खनाल र अवदेश महतो कोईरीको स्वागत गरिएको थियो भने जिल्ला निर्वाचन कार्यालयबाट जल तथा मौषम कार्यालय रुपन्देही भैरहवामा सरुवा भएर जान लाग्नु भएका नि.जि.अ. रवि अर्यालको विदाई गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेपाल निजामती संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारी र आधिकारिकका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सिबिएका कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सह–सचिव नारायण प्रसाद दमासेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै