नविन रसाइली अर्घाखाँची । समाजवादी प्रेस संगठनको लुम्बिनी प्रदेश अध्यक्षमा अर्घाखाँचीका हृदय कुमार भुसाल चयन हुनुभएको छ । भुसाल सनिवार भएको समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशको विस्तारित बैठकबाट सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
नवनिर्वाचित भुसाल पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव, सौर्य राष्ट्रिय दैनिक पत्रिकाका लुम्बिनी प्रदेश प्रमुख, प्रेस लुम्बिनी डटकमका प्रधान-सम्पादक समेत हुनुहुन्छ । उहाँ लामो समय देखि पत्रकारिता पेशामा आवद्व भएर काम गर्दै आउनुभएको हो ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. १० धन्चौरमा जन्मनुभएका भुसाल जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै लोकप्रिय पत्रकार हुनुहुन्छ ।