पाणिनी क्याम्पसमा छैन विगत चार वर्षदेखि संचालक समिति

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको शैक्षिक धरोहर मानिने पाणिनी बहुमखी क्याम्पस विगत ४ वर्षदेखि संचालक समिति विहिन छ । यस अघि ०७२ सालमा चेतनारायण आचार्यको अध्यक्षतामा संचालक समिति बनेको थियो । क्याम्पसको विधान अनुसार प्रत्येक ३÷३ वर्षमा वर्षमा क्याम्पस संचालक समिति गठन गर्नुपर्ने व्यवस्था छ । ०७५ सालमा गठन गर्नुपर्ने क्याम्पस संचालक समिति त्यतिबेला विभिन्न कारणले बन्न सकेन । क्याम्पसले पटक–पटक क्याम्पस संचालक समिति बनाउन आग्रह गर्दा समेत जिल्लाका राजनैतिक दलहरुले चासो नदेखाएको क्याम्पस स्रोतले जनाएको छ ।

क्याम्पस संचालक समिति नबन्दा चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचन पनि पाणिनीमा हुन सकेको छैन् । क्याम्पस संचालक समिति गठन, स्ववियु निर्वाचन, क्याम्पसमा भएका विविध समस्या लगायतका विषयलाई लिएर सनिवार अर्घाखाँचीका संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा राजनैतिक दल, क्याम्पस प्रशासन र विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधि सहभागी नभएको अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदिप खनालले बताए । “क्याम्पसमा हामीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थियौ, अन्य सबै राजनैतिक दलका प्रमुख वा प्रतिनिधिको सहभागीता रह्यो तर पटक पटक सम्पर्क गर्दा समेत प्रमुख राजनैतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको प्रतिनिधिको उपस्थिति रहेन, यसरी हेर्दा उहाँहरुले क्याम्पसको विषयमा चाँसो देखाएको देखिएन् ।” उनले भने ।

०७५ सालमा संचालक समिति गठन गर्ने विषयमा बैठक बस्दा १५ दिनमा संचालक समिति बनाउने निणर्य भएकोमा अहिले सम्म त्यो १५ दिन नआएको क्याम्पस प्रमुख बुद्धि भुसालले बताए । भुसाले जिल्लाको धरोहर भनेर चिनिने पाणिनी क्याम्पसमा सरोकारवालले हेर्ने दृष्टिकोण सामान्य विद्यालय जति पनि नरहेको बताए । “शैक्षिक हरोहर भनेर चिनिने यस क्याम्पसमा सरोकारवालाको खास्सै ध्यान गएको छैन, यहाँ अध्यापन गराउने शिक्षकहरुलाई समेत बल्ल बल्ल तलब खुवाएका छौं ।” भुसालले भने । यस्तै उनले समिति नबन्दा समेत क्याम्पस संचालन गर्न समस्या परेको सुनाए । पटक पटक सम्पर्क गरी संचालक समिति बनाउन आग्रह गर्दा समेत राजनैतिक दलहरुले चासो नदेखाएको बताए । “संचालक समिति नबन्दा क्याम्पसको प्रशासनिक काम गर्न समेत धेरै गाह्रो भएको छ, भंग भएको संचालक समितिलाई हालसम्म मान्दै काम गरिदै आइएको छ ।” संचालक समिति बनेपछि स्ववियु निर्वाचन गराउने जिम्मा क्याम्पस प्रशासनले लिने प्रमुख भुसालको भनाइ छ ।

अनतरक्रिया कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले क्याम्पसमा तत्काल संचालक समिति गठन गर्नुपर्ने बताए । उनले हिजो स्ववियु चाहिन्छ भन्दै नाराबाजी गर्ने हामी नेताहरु आज स्ववियु गराउने ठाउँमा आउदा हिजोको इतिहास विर्सिएर जान नहुने बताउदै स्ववियु तत्काल गर्नुपर्ने बताएका थिए । उनले पाणिनी क्याम्पसलाई जिल्लाको मात्र नभइ देशै नमुना क्याम्पस बनाउनको लागि सबै पक्ष लाग्नुपर्ने बताए ।

यसैबिच संयुक्त विद्यार्थी संगठनका नेताहरुले तत्काल आफ्ना माग पुरा नभए आफ्ना अन्य कार्यक्रमहरु अघि बढाउने राजनैतिक दललाई चेतावनी दिएका थिए । उनिहरुले विद्यार्थी संगठनहरु राजनैतिक दलका चुनावका मतियार नभएका बताउदै तत्काल पाणिनी क्याम्पसमा संचालक समिति गठन गरी स्ववियु निर्वाचन गर्न माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

८ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

- Advertisement -spot_img
-Advertisement-spot_img