२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

अर्घाखाँचीका जीवनराज आचार्य दुबईमा अलपत्र

Workplace

अर्घाखाँची । रोजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (दुवई) पुगेका अर्घाखाँचीका जीवनराज आचार्य अलपत्र परेका छन्।

मालारानी गाउँपालिका-१, फाप्रेका आचार्यले आफू अलपत्र परेको बताउँदै छिटोभन्दा छिटो नेपाल फर्किन चाहेको बताएका छन्। ‘मेरो स्वास्थ्य अवस्था बिग्रेको छ। म नेपाल फर्कंन चाहन्छु हेल्प मी ।’

आचार्य काठमाडौंको ‘गणपती ओभरसिज’ बाट दुवई गएका थिए। उनले भनेका छन्, ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ्ग गर्ने हो’, भनेर पठाएको थियो। भनेअनुसारको काम भएन। म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ। एक सेकेन्ड यता उता गर्न पाइदैँन। म नेपाल फर्कन चाहन्छु।’

आँखामा समस्या भएर काम गर्न पनि नसकेको उनले बताएका छन्। उपचार गर्न कम्पनीले समय र पैसा नदिएको उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (2%)
  • दुःखी (89%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (2%)
  • आक्रोशित (2%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै