३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

शितगंगामा मगर दिवसका दिन सार्वजनिक बिदा

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा मगर दिवका दिन बिदा सार्वजनिक बिदा दिने निर्णय भएको छ । नगरपालिकाले फागुन १५ गते सोमबार मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

भौगोलक हिशाबले देशकै सबैभन्दा ठुलो नगरपालिका शितगंगामा मगर समुदायको बाक्लो बस्ती रहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा उनीहरुको पहिचान, भाषा संस्कृतिको संरक्षणका लागि दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिए ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै