२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

देउराली यातायात अर्घाखाँचीले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

Workplace

नविन रसाईली अर्घाखाँची । देउराली यातायात प्रा.लि. अर्घाखाँचीले एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । फागुन १३ गते सनिवार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको यातायातको कार्यालय गुन्टेखोलामा एक दिने स्वास्थ्य शिविर संचालन गर्न लागेको यातायात प्रा.लि.ले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । स्वास्थ्य शिविरमा फिजीसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रस्तुती रोग, नाक, कान, घाटी, रोग, सर्जरी, मुत्र रोग लगायतका विशेषज्ञ सेवा दिइने प्रा.लि.ले जनाएको हो ।

पत्रकार सम्मेलन पछिको ग्रुप फोटो

जनताको समस्यालाई मध्यनजर गर्दै यातायात प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको देउराली यातयातका अध्यक्ष गोविन्द बन्जाडेले बताए । बन्जाडेले यातयातले धेरै सामाजिक काम गर्दै आएको स्मरण गराउँदै स्वास्थ्य सेवामा पनि केहि गरौ भन्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गर्न लागेको बताए । “अर्घाखाँची जिल्लामा हामीले धेरै सामाजिक काम ग¥यौं तर स्वास्थ्यको क्षेत्रमा भने केहि नगरेजस्तो लाग्यो त्यसैले स्वास्थ्य सेवालई आम जनतामाझ पु¥याउनको लागि स्वास्थ्य शिविर संचालन गर्न लागेका हौं” उनले भने । “जिल्लाका विकट विकट ठाउँहरुमा स्वास्थ्य सेवाको पहुँच अझै पुग्न सकेको अवस्था छैन, जो सँग पैसा नभएर स्वास्थ्य जाँच गर्न पाएका छैनन् त्यस्ता विपन्न वर्गको लागि शिविरले ठुलो सहयोग गर्ने छ ।” उनले टाढा टाढाबाट आउनको लागि यातयात खर्च नभएर आउन नसक्ने अवस्था भएमा त्यस्ता बिरामीहरुलाई व्यक्तिगत तथा संस्थागत खर्च गरेर पनि ल्याएर उपचार गर्ने बताए ।

मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवल रुपन्देहीको प्राविधिक सहयोग र देउराली यातयात अर्घाखाँचीको आयोजनामा हुन लागेको शिविर सनिवार बिहान ८ बजेदेखि संचालन हुने छ । शिविरमा विशेषज्ञ डाक्टरहरुले चेकजाँच गर्ने आयोजक संस्था देउराली यातयातले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै