सागर परियार अर्घाखाँची । सन्धिखर्क नगरपालिका डिर्भना आयुर्वेद औषधालयको आयोजनामा स्थानीय जनतालाई जडिबुटि सम्बन्धी परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगर भित्रका १२ वटा वडाका स्थानीय नागरिकहरुलाई जडिबुटि सम्बन्धी परिचयात्मक कार्यक्रम सन्चालन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडा नं. १२ का वडा अध्यक्ष नारायण खडकाले स्थानीय नागरिकको स्वास्थ्यको निम्ती यो कार्यक्रमले निकै महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । सामान्य रुगा खोकि, ज्वरो,जन्डिस, पत्थरी जस्ता सयौँ रोग जडिबुटि द्धारा बनाईएको आयुर्वेद औषदी बाटै निको पार्न सकिने भन्दै कार्यक्रम बाट सिकेका कुरा आफुले प्रयोगमा ल्याउन र अरुलाई सिकाउन समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा उपस्थित प्रशिक्षार्थी विनोद थापाले हाम्रै वरिपोरी भएको तथा त्यसको प्रयोग गर्ने तरिका थाहा नभएको र कार्यक्रमले धेरैकुरा सिक्न पाएको भन्दै खुसि ब्यक्त गरे । अव देखि प्राथमिक उपचारको लागी आफुले जानेका जडिबुटिको प्रयोग गरेर गर्ने र अरुलाई पनि सिकाउने बताए ।
जिल्ला आयुर्वेद औषधालयका कार्यालय प्रमुख कमल आचार्य, टेकराज भुसालले जडिबुटि सम्बन्धी जानकारी सगै त्यसको प्रयोगको बारेमा बताउदै सहजिकरण गर्नु भएको थियो । कार्यक्रमा पत्रकार बसन्त श्रेष्ठ, सागर परियार लगायतको उपस्थिती रहेको थियो । डिर्भना आयुर्वेद औषधालयका प्रमुख तिलक जंग जनैदारले कार्यक्रमको संचालन गर्नु भएको थियो ।