२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

रंगमन्चका कलाकार उत्पादन गर्दै नयाँ नेपाल विकास परिषद

Workplace

अर्घाखाँची । मंगलबार भुमिकास्थान नगरपालिकामा सचेतना मुलक सडक नाटकको डेमो प्रर्दशन गरियो । त्यहाँ आउने कुनै दर्शकले सडक नाटक कहिल्यै नदेखेको बताउदै सडक नाटक वास्तविक जीवन जस्तो नै रहेको महशुस गरेको सुनाए । डेमो प्रर्दशनमा विभिन्न संस्थाहरुका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

लामो समय देखि विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको नयाँ नेपाल विकास परिषदले जिल्लामा रंगमञ्चका कलाकारको उत्पादन गर्न थालेको छ । विकास परिषद्का अध्यक्ष सागर परियारले अर्घाखाँचीमा पछिल्लो सयम सडक नाटकका लागि कलाकार नभएको बताउदै अब यस संस्थाले जिल्लामा कलाकार उत्पादन गर्ने बताए । उनले भने “जिल्लामा सडक नाटक गर्नुपरे कलाकारहरु बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिती छ,, उक्त परिस्थितीलाई समाधान गर्न हामीले आफ्नै जिल्लाका जनशक्तिलाई प्रयोग गरि रंगमञ्चका कलाकार उत्पादन गरेका हौं ।” नयाँ नेपाल विकास परिषदका कलाकारहरुले पहिलो पटक जिल्लाको भुमिकास्थान नगरपालिकामा बाल विवाह न्यूनीकरण, घरेलु तथा लैङ्गिक हिंशा, जातिय भेदभाव सम्बन्धी सचेतनामुलक सडक नाटकको डेमो प्रर्दशन गरेका थिए ।

कानुनमा बाल विवाह गर्न नहुने, घरेलु तथा लैङ्गिक हिंशा गर्न नहुने, जातिय भेदभाव गर्न नहुने भनेता पनि समाजमा यस्तो विभेद अझै पनि व्यप्त रहेको भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले बताए । थापाले समजमा रहेको विभेद अन्त्यको लागि सडक नाटकले ठुलो भुमिका खेल्ने बताए । थापाले भने “नगरभित्रका माध्यमिक बिद्यालय तथा मुख्य बजार क्षेत्रका १५ स्थानमा सडक नाटक प्रदर्शन गर्न लागेका छौं, यसले समाज रुपान्तरणको लागि ठुलो भुमिका खेल्ने छ ।”

भौतिक विकासले मात्र समाज पुर्ण कहिल्यै नहुने भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताए । उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताउदै समाजमा हुने विभिन्न विवेद अन्तयको लागि यथार्थ चित्रण मार्फत व्यङ्ग गरिने सडक नाटकको भुमिका महत्वपुर्ण रहेको बताए । उनले भने “जसरी सडक नाटकमा भेदभाव भएको छ, त्यस्तै समाजमा बस्ने मानिसको वास्तविक जीवनमा पनि भेदभाव कायमै छ, यसको अन्त्य आजको आवश्यकता हो ।” आधुनिक प्रविधिको प्रयोगले ओझेलमा पर्दै गएको सडक नाटकको प्रवर्धन र यसले प्रदान गर्ने सन्देश आम समुदायको वास्तबिकता संग मेलखाने भएकाले सचेतनाका लागी सडक नाटक सान्दर्भिक हुने प्रशासकिय अधिकृत नारायण पोख्रेलको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै