![Workplace](https://presslumbini.com/wp-content/uploads/2022/11/hamro_banner_875x90.gif)
किरण धामी, डोटी । डोटी सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक राजेश शर्माले जानकारी दिनुभएको छ ।
भूकम्प बाजुरा जिल्लाकाे मैला आसपास केन्द्र बिन्दु बनाएर गएको हो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश सहित आसपासका ठाउँमा महसुस गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ । गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।