५ माघ, पोखरा । स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल भइरहेको चलिरहेको थियो । माघ ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो ।
वालिङकै ४ जना युवा त्यतिबेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलिकप्टर बुक गरे ।
विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना हेली चढेर वालिङ पुगे ।
वालिङको मैदानमा खेल भइरहेको थियो । पाइलटले मैदान नजिकै हेलिकप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदानमै झार्न दबाव दिए । हेलिकप्टरका पाइलट रानेश डंगोलले मैदानमै हेलिकप्टर ल्याण्ड गरे ।
खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर मैदानमा रहेका खेलाडी, आयोजक र दर्शक अलमलिएका थिए । तर चार जना यात्रु झारेपछि कुनै समस्या नभइ जानेर नै हेलिकप्टर अवतरण गरेको थाहा पाएपछि खेल आयोजक आक्रोसित बने ।
‘पोखरामा रक्सी खाएर रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलिकप्टर नै बुकिङ गरेर जाने सल्लाह गरेर आएका रहेछन्,’ एक जना स्थानीय बासिन्दाले भने, ‘उनीहरु वालिङका राम्रै परिवारका व्यक्ति हुन् ।’
खेल मैदानमा मै हेलिकप्टर उतारेपछि क्याम्टेन र यात्रुसँग स्थानीय र आयोजकले जवाफ मागेका थिए । त्यही क्रममा उनीहरुले पाइलट डंगोल र यात्रुलाई हात पात गरे ।