राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा सन्धिखर्कमा डेमो प्रदर्शन

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विपत सम्बन्धी डेमो प्रदर्शन गरिएको छ । मंगलबार सन्धिखर्कको टुडिखेल मैदानमा भुकम्प प्रकोप र आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको थियो । भुकम्प दिवसको अवसरमा जिल्ला सुरक्षा निकायको आयोजनामा भुकम्पको डेमो प्रदर्शन गरिएको थियो ।

आज २५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस । वि.स १९९० माघ २ गते दिउँसो २ः२४ बजेको समयमा नेपालमा भुकम्प गएको थियो । सोही भुकम्पको सम्झनामा रहेक वर्ष भुकम्पका बारेमा सचेतना गराउन यो दिवस मनाउदै आइएको छ । वि.स २०५५ सालदेखि माघ २ लाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भुकम्प एउटा प्राकृतिक प्रकोप हो यसलाई रोक्न कसैले नसकेपनि यसबाट हुने सम्भावित जोखिमबाट भने जोगिन सकिन्छ । नेपालमा पटक पटक गएका सानाठुला भुकम्पका कारण धेरै धनजनाको क्षति भएको छ । वि.स १९९० र २०७२ सालको भुकम्पले देशमा सबैभन्दा धेरै क्षति ग¥यो ।

मानव निर्मित अव्यवस्थित भौतिक पुर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षेति हुने गरेको प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले बताए । प्रकोपले आफै कसैको क्षेति नगर्ने बताउदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षेति हुँदै आएको बताए । ‘भुकम्प आउँदा सबैले साबधानी अपनाउनुपर्छ, भुकम्प आइहाले टेबल तथा खाटमुनी बस्ने काम गर्नुहुँदैन्, भौतिक संरचना भुकम्प प्रतिरोधात्मक बनाउनुपर्छ’ उनले भने ।

भुकम्पीय जोखिम न्युनिकरण, प्रतिकार्य, पुर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि दिवसको अवसरमा सन्धिखर्कमा डेमो प्रदर्शन गरिएको सरोकारवालाले बताएका थिए ।

डेमो प्रदर्शनको अवलोकन गरेपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको गौरिशंकर स्कुलमा अध्ययन गर्ने छात्रा सुप्रिया शाहले बताइन । उनले भनिन ‘भुकम्प गइहाले सुरक्षा निकायको भुमिकाको बारेमा जानकार भयो, आगोलागी भएमा दमकललाई बोलाउनुपर्ने रहेछ, नआत्ति उद्दारमा लाग्नुपर्ने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img