ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औ वार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुरामा रहेको ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार सम्पन्न भएको साधारण सभाको भुमिकास्थान नगरप्रमुख झविलाल थापाले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापा/फोटो सागर परियार प्रेस लुम्बिनी

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख थापाले सहकारीले उत्पादन सँग जोडिएर काम गर्नुपर्ने बताए । थापाले सहकारीले स्थानिय स्तरमा उपलब्ध हुने स्रोत साधनको प्रयोगगरी बिभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने र कृषिलाई आधुनिकिकरण गरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड दिदैे नगरपालीका सहकारीको बिकासमा लाग्ने पनि बताए ।

साधारण सभामा शेयर सदस्य शुसिला घिमिरेले आफ्ना स्वर्गिय पति ध्रुबराज घिमिरेको स्मृतिमा ढिकुराको गौरागोठमा रहेको जग्गा र उक्त जग्गामा रहेको २ तल्ले कच्ची भवन सहकारीलाई निःशुल्क हस्तान्तरण गरेकी थिइन् । घिमिरेलाई दोसल्ला ओडाएर सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

यस्तै संस्थाको संचालक समितिले तयार पारेको अध्यक्षको प्रतिवेदन र चालू आ.व.को अनुमानित बजेट संस्थाका अध्यक्ष मिना मरासिनी भट्टराईले प्रस्तुत गर्दै यस आ.व.का प्रस्तावित कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खेमराज चुँदाली, साना किसान कृषि सहकारी संस्था लि.खाँचीकोटका प्रबन्धक बिष्णु प्रसाद मरासिनी, कृषि ज्ञान केन्द्रका अधिकृत बलराम घिमिरे लगायत विभिन्न विभिन्न सहकारीका प्रतिनिधी सहति सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष मिना मरासिनी भट्टराईको अध्यक्षता, जेष्ठ संचालक मिरा घिमिरेको स्वागत मन्तव्य र संस्थाका प्रबन्धक मदन गेरैको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै