१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

नुवाकोट स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

Workplace

हृदय कुमार भुसाल अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान ८ स्थीत नुवाकोट स्वास्थ्य चौकीमा महिलाहरुको प्रजनन् स्वास्थ्य रुग्णता सम्बन्धी एक दिने शिबिर सम्पन्न भएको छ । पाठेघरको मुखको क्यान्सर भए नभएको थाहा पाउन पाठेघर खसेकोलाई रिगं पेशरी राख्ने महिलाहरुको तल्लो पेटको समस्या भएकाहरुलाई औषधी बितरण गर्ने उदेश्यका साथ शिविरको आयोजना गरिएको भुमिकास्थान नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

भुमिकास्थान नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको शिविरमा ७७ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरेको भुनपा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरेश गैरेले जानकारी दिएका छन् ।

गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको शिबिरमा जिल्ला अस्पताल अर्घाखाँचीका नर्सशिङ्ग प्रमुख सरस्वती बन्जाडे र शिनियर अनमी गिता भुसालले सहजीकरण गर्नुभएको निरिक्षक गैरेले बताएका छन् ।

एक दिने शिबिरको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद प्रोख्रेलले नागरिकको जिवन संग जोडिएको स्वास्थ्य सेवालाई छिटो,छरितो,सहज तथा प्रभावकारी बनाउन नगरपालिका लागी परेको बताएका छन् ।

जनता सन्तुष्टि हुनेगरि सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन गरेका प्रशासकिय अधिकृत पोख्रेलले नगर संग रहेका गुनासोलाई सुझावको रुपमा पेश गर्न आग्रह गरेका छन् । महिलाहरुको प्रजनन् क्षमतालाई प्रभाबकारी बनाउन नियमित स्वास्थ्य जाच सरसफाई र सुरक्षित यौन तथा प्रजनन् गतिबिधी गर्न स्वास्थ्यकर्मिहरुले सुझाब दिएको स्थानिय महिलाहरुले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै