अर्घाखाची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नं. १ तुम्कोटका मोटरसाईकल चालक ६७ वर्षिया चन्द्रबहादुर नेपाली रहेका छन् ।
बिहीबार सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ त १७६३ नम्बरको ट्याक्टर एकआपसमा ठोकिदाँ मोटरसाईकल चालक घाइते भएका थिए । घाइते चालक नेपालीलाई उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा चन्द्रबहादुर नेपालीको हिजो शुक्रबार मृत्य भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीले ट्याक्टर र ट्याक्टर चालक सुर्खेत देर्वाकोटका २३ वर्षिय गन बहादुर पुनलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको सुचना अधिकारी तथा प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।