९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

अर्घाखाँचीः भालुको आक्रमणबाट एक जनाको मृत्यु

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरका राम बहादुर भाटको भालुको आक्रमणमा परि मृत्यु भएको छ । ७९ वर्षिया भाट बुधबार बिहानै भाडा बनाउँन झिरा आउँने क्रममा शितगंगा– २ ओखारीमा भालुले झम्टिदा उनको मृत्युु भएको जानकारी प्राप्त भएको हो ।

भालुले झम्टेको नजिकैका स्थानीयले थाहा पाएपछि तत्काल घटनास्थल पुग्दा भालु सडकमै थियो । घटनास्थलमा स्थानीय जम्मा भएपछि भालु भागेको स्थानीयले बताए । घटनास्थलमा स्थानिय जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय ठाडा सहित स्थानिय बासीन्दाहरु जुटेका छन् । स्थानिय बासिन्दामा भालुको त्रास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै