अर्घाखाँची । जिल्ला विपद व्यवस्थापन समिति अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
जिल्लामा कोभिड संक्रमण कम देखिएपनि अहिले कोभिडको नयाँ भेरियन्ट छिमेकी देशहरुमा देखा परेकोले त्यसको असर जिल्लामा पनि पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सार्बजनिक यातायातका साधन र बढी भिड्भाड हुने स्थानमा माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले जानकारी दिनुभयो । उहाँले भोतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई तथा स्वास्थ्य प्रोटोकल पालना गर्न सम्बन्धीत निकाय स्थानिय तह र स्वास्थ्य कार्यालयले सन्देशमुलक प्रचार सामाग्री तयार गरि प्रचार गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै अहिले चिसोको समय भएको हुदाँ चिसो अत्याधिक बढ्दै गएकोले चिसो तथा सितलहरबाट प्रभावित हुन सक्ने अति बिपन्न ब्यक्ति÷परिबारलाई संरक्षण गर्न सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा आबश्यक ब्यबस्था मिलाउन आग्रह गरिएको छ । बैठकले बिपदबाट क्षति भएका निजी आवास पुःन निमार्णका लागि स्थानिय तह मालारानी, शितगंगा, छत्रदेव लगायतका पालिकाहरुबाट प्रक्रिया पु¥याइ पेश भएका नाम समावेस गरि पहिलो तथा दोस्रो किस्ता रकम निकासाको लागी लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयमा पठाउने निर्णय गरेको पनि जानकारी प्राप्त भएको छ ।
बैठकमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा, छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, शितगंगा नगरपालिकाका उपप्रमुख गिता भाट, ईश्वरी बक्श गुल्मका गुल्मपती सेनानी बासुदेब पङेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, प्रमुख अनुसंधान अधिकृत धिरज बानियाँ, शसस्त्र प्रहरी निरीक्षक पुर्णास्वर गौतम, नेपाली कांग्रेका प्रतिनिधि कृष्ण खनाल, नेकपा एमालेका प्रतिनिधि जनादन खनाल, नेकपा माओबादी केन्द्रका प्रतिनिधि छमकुमारी खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि हरि प्रसाद भुसाल, स्वास्थ कार्यालय अर्घाखाँचीका प्रतिनिधि रामप्रसाद गौतम, गणेशराज पौडेल, शिक्षा इकाई प्रमुख मनिराम पराजुली, कृषि ज्ञान केन्द्रका प्रतिनिधि खुवीराम आचार्य, अर्घाखाँची अस्पतालका प्रतिनिधि निम बहादुर राना मगर, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अर्घाखाँची उद्योग बाणिज्य संघका सचिव सन्तोष बस्नेत लगायतको उपस्थित रहेको थियो ।