आज नेपाली टोपी दिवस भव्य रुपमा मनाईंदै

ज्ञानमणि नेपाल कालोटोपी । जागरुक युवा अभियान नेपालले विगत वर्षहरुमा झैँ यसवर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाउँदै छ।

अभियानले विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको हो । तर यस वर्ष भने नेपाली टोपी दिवसको औपचारिक कार्यक्रम नहुने र सामाजिक सञ्जालबाटै जे सकिन्छ त्यही कार्यक्रम गर्न आयोजक जागरुक युवा अभियान नेपालले सबैमा अनुरोध गरेको छ।

विगत वर्षहरुमा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा यस संस्थाले काठमाडौँको माइतीघर मण्डलामा भेला भइ प्रभातफेरी कार्यक्रम गर्दै आएको थियो । कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहने गरेकोमा यसपटक भने विश्व महामारीका रुपमा फैलिएको कोरोना प्रभावको असर नेपाली टोपी दिवसको कार्यक्रममा पनि पर्ने देखिएको हो । विगत २ वर्षदेखि कोरोनाका कारण प्रभातफेरी कार्यक्रम भएको थिएन । यद्यपी टोपी दिवसका अन्य कार्यक्रम भने जारी रहेका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरि मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । ०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरुपमा हटाएपछि त्यसलाई ससम्मान फिर्ता हुनु पर्ने मागसहित सरकारलाई दबाब दिनका लागि नेपाली टोपी दिवस मनाउन थालेको उनले जानकारी दिए ।

४ वर्षअघि यस संस्थाले माइतीघरमा सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रदर्शन गरेको थियो । हरेक वर्ष नयाँ नयाँ कार्यक्रम गर्ने गरिए पनि यसवर्ष भने भीडभाड गरि कार्यक्रम नगरिने संस्थाले जनाएको हो ।

यस बर्षको १० औं नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’ रहेको छ । जागरुक युवा अभियान नेपालका अभियन्ताहरु घनश्याम श्रेष्ठ, रामजी बलामी, ज्ञानमणि नेपाल कालोटोपी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, जनक कार्की, लक्ष्मण लम्साल, बसन्त हुमागाइँ, राजेश खत्री रहेका छन्।

गएका वर्षहरुमा टोपी दिवस मनाउँदाका केही झलकहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img