हृदय भुसाल,अर्घाखाँची । ‘भनिन्छ बालवालिकाहरु बर्तमानका साझेदारी भबिस्यका कर्णदार हुन’ यदी देशको भबिस्य समुन्नत र समृद्ध बनाउनु छ भने त्यस देशको बालवालिकालाई उचित शिक्षा दिनु आबश्यक हुन्छ । किनकी तिनै बालबालिका नै भबिश्यका मेरुदण्ड हुन,उनीहरुको काँधले नै देश बोकेको हुन्छ ,शिक्षाले नै देशका सवै क्षेत्रको गोरेटो निदिष्ट गरेको हुन्छ ।
शिक्षा क्षेत्रको मुख्य आबश्यकता भनेको बालबालिकाहरुलाई सिप,संस्कार प्रबिधीयुतm शिक्षा दिनु हो । खास गरि अबिभावकहरुले सामन्यतया ३ बर्षदेखी नै मन्टेश्वरी बिधालयमा पढाउन पठाउने गर्दछन् । यसरी नै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड २ चुत्रावेसीमा बिगत ९ बर्ष देखी सोेही लक्ष्यका साथ रेन्वो मन्टेश्वरी बिधालय संचालन हुदै आएको छ ।
सनिवार रेन्बो मन्टेश्वरी स्कुल सन्धिखर्क अर्घाखाँचीले शैशिक सत्र २०७९ स्कुलको कार्यक्रम अन्तरगत खेलकुद दिबश कार्यक्रमको स्कुलमै एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । स्कुल संचालक समितीका अध्यक्ष डाक्टर महेन्द्र प्रताप रायमाझीले कार्यक्रमको उद्घाटन गर्दे बिधालयलाई राम्रो पहिचाहन सहितको उत्कृष्ट बिधालय बनाउन सवै पक्षको उतिकै सहयोग चाहिने भन्दै सरोकारवाला निकाएको सहयोग रहदै आएको बताउनु भयो । अध्यक्ष रायमाझीले भन्नुभयो, ‘निजी बिधालय चलाउन चुनौतीहरु धेरै नै छन्, तरपनि बिधार्थीहरुको प्रगती देख्दा आत्मबल बलियो हुन्छ ,शैशिक बिकास र गुणस्तर बृद्धि गर्न मेहनत र प्रयास गर्दा गर्न सकिदो रहेछ’।
सन्धिखर्क नगरपालिका वाड २ चुत्रावेशीमा २०७१ सालमा स्थापना भएको स्कुल अहिल कक्षा ४ सम्म अध्ययन गराउदै आएको छ । चार सय भन्दा धेरै बिधार्थीलाई अध्ययन गराउदै आएको स्कुलले सनिवारदेखी खेल दिवमा १२ प्रकारका बिभिन्न खेलहरु खेलाईने बिधालयको प्रबन्ध निर्देशक रमेश चुदालीले बताउनु भयो ।
नेपालमा प्राय परम्परागत बिधालयहरुले अझैपनि स्कुल टेकेकै दिनदेखी नै लेख्न सिकाउने गर्दे आएको पाईन्छ । नेपाल सरकारको पाठक्रममा पनी सुरुमै लेख्न सिकाउनु पर्छ भन्ने कुरा कतै उल्लेख छैन् तर आजको सन्दर्भमा जिबनउपयोगी एवम स्वाबलम्बी सिपहरु हाशिल गराउनु साथै ब्यवहारिक बैज्ञानिक तथा शिप सहितको शिक्षा आजको आबश्यकता हो ।
मुख्यतया मन्टेश्वरी बिधालयले अक्षर चिनाउन हतार नगरी,बच्चालाई आनीबानी,ब्यवहार, दैनिक जिबनका बिभिन्न आयामहरु तथा आधारभुत बिषयमा सुरुमा सिकाई गर्ने गर्दछन् ।
सोधेका कुरामा उचित जबाफ दिने,सकारात्मक सोँचको बिकास,अरुलाई आधार सम्मान सत्कार, शिष्ट बोल्ने, आफनो काम आफै गर्ने, अरुलाई असल ब्यवहार गर्ने,उत्पेरित गर्ने, अनुशासित हुने जस्ता शिपमुलक तथा ब्यवहारिक कुरा संगै रमणिय बातावरण श्रृजना गरि बिधार्थी केन्दित बातावरण तयार गरिन्छ ।
बिधार्थी केन्दित सिकाईलाई अबलम्वन गरिन्छ, बिधार्थीको रुची केमा छ,त्यही अनुसारको बातावरण शिक्षकले तयार गर्ने गर्दछ ,खासगरी मन्टेश्वरी बालवालिकाको रुची र आवश्यकता अनुसार कक्षा कोठामै भएको बिभिन्न सामग्रीहरु खेलेर चलायर,छोएर,जानकारी प्राप्त गर्दछन् अनि सिक्दछन्। बालवालिकालाई रुची लागेको बिषयमा खेल्न,खोज्न अध्ययन गर्नका लागी प्रयाप्त समय दिने गरिन्छ ।स्कुलबाट धेरै कुराहरु कलिलो दिमाग सिकाउने घर संगै प्रारम्भिक पाठशालाको रुपमा ल्याईन्छ मन्टेश्वरी बिधालयलाई लिईने गरिन्छ ।
मन्टेश्वरी बिधालयको कार्यक्रममा पत्रकार महासंघका जिल्ला सचिव हृदय कुमार भुसाल, स्कुलका प्रिन्सिपल भबिश्वर थापा लगायतले महत्वपुर्ण भनाई राख्नु भएको थियो ।
कार्यक्रममा पत्रकार श्याम घिमिरे नवीन रसायली साथै दुर्गा खनाल, श्यामकृष्ण श्रेष्ठ,सुमित्रा केसी, शुस्मा बस्नेत, यमुना चुदाली,भुपाल कुवर,कमला प्रोख्रेल,रमा खनाल शर्मिला भुसाल सुनिता भट्टराई आथित्यता रहेको थियो । समाजसेवी पत्रकार ब्यवस्थापन समितीका सदस्य शिक्षक अभिभावक तथा बिधार्थीहरुको उपस्थिीती रहेको थियो ।
बिभिन्न गित संगित नृत्य सहित संचालन भएको कार्यक्रम डाक्टर महेन्द्र प्रताप रायमाझीको अध्यक्षता,शर्मिला भुसालको स्वागत मनतब्य तथा रमेश चुदालीको संचालनमा सम्पन्न भएको थियो ।