१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

भुमिकास्थान नगरपालिकाद्वारा ५३ जना अपांगलाई परिचयपत्र वितरण

Workplace

हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले बिहिवार नगपालिकाको कार्यालयबाट अपाङ्गता भएका नगर भित्रका ५३ जना अपांगहरुलाई परिचय पत्र वितरण गरिएको नगर महिला बिकास शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिनुभएको छ । नगरपालिका भित्रका विभिन्न वाडका ४ जना लाई क बर्गको परिचय पत्र त्यस्तै ३८ जना लाई ख बर्गको ५ जनालाई ग बर्गको र ६ जना लाई घ बर्गको परिचय पत्र अपांगताको प्रकृति हेरे कार्ड वितरण गरेको डाक्टर राजेन्द्र जिसिले जानकारी दिनु भयो ।

अपांग भएका ब्यक्तिहरुलाई परिचयपत्र हस्तान्तरण गर्दै नगर उपप्रमुख बालकृष्ण बन्जाडेले स्वास्थ,शिक्षा तथा रोजगारीमा समेत सम्मान पहुँच तथा अपांगमैत्री सरचना निर्माण गर्दै हरेक कार्यक्रममा अपांगता भएका ब्यक्तिको सहभागीलाई केन्द्रमा राखेर नगर पालिका अगाडि बढेको बताउनुभयो । उपप्रमुख बन्जाडेले भन्नु भयो ‘हामी अपांगका हरेक सबाल र समस्याहरुप्रति जानकार छौ,त्यसकारण उनिहरुलाई आत्मबल बढ्ने र थप उर्जा मिल्ने गरि नयाँ कार्यक्रम संचालन गर्नका लागी नगर विशेष योजनाका साथ अगाडी बढ्न लागेको छ ।’

यसरी सरकारी तथा गैरसरकारी निकाएबाट अपांगता भएका ब्यक्तीहरुका लागि प्रबाह गरिने सेबा सुबिधा अबसर र अधिकारको न्यायपुर्ण प्रभावकारी वितरण होस भन्ने उदेश्य साथै अपांग भएका ब्याक्तीलाई अधिकारको धारकको रुपमा स्वीकार गरि नेपाल सरकारले सो संघ सम्बन्धित विभिन्न कानुन निर्माण गरि ४ प्रकारका अपांग परिचयपत्र वितरण गर्दै आएको छ ।

भुमिकास्थान नगरपालिकाले सुचना जारी गर्दै परिचय पत्र वितरण गरिएको कार्यक्रममा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, अर्घाखाँची हस्पिटलका डाक्टर राजेन्द्र जिसि, नगरपालिका शिक्षा शाखा प्रमुख टुबलाल सापकोटा, योजना शाखा प्रमुख हरिशचन्द्र भुसाल, महिला बिकास शाखा प्रमुख शान्ता आचायर्, पत्रकार महासघका जिल्ला सहसचीव हृदय भुसाल, जिल्ला सदस्य गोपाल भट्टराई विभिन्न वाडका वाड अध्यक्षहरु कार्यपालिका सदस्य तथा विभिन्न सरोकारवाला निकाएको रोहगरमा परिचय पत्र बितरण गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै