४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

भ्रष्टाचार सामाजिक अपराध र जनताका विरुद्धमा गरिने क्रियाकलाप भएकोले नियन्त्रण गर्नुपर्छः सरोकारवाला

अनिल नेपाली अर्घाखाँची । भ्रष्टाचार सामाजिक अपराध र जनताका विरुदमा गरिने बहुआयामिक क्रियाकलाप भएकोले यसको नियन्त्रणको लागि सबै सरोेकारबाला निकाय र नागरिक समाज एक भई यसको नियन्त्रण गनुपर्ने सरोकारबाला निकायले बताएका छन् ।

कार्यक्रममा सहभागी सरोकारवाला

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कार्यालय बुटवलद्धारा अर्घाखाँचीको सन्धिखर्कमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्बदन सम्वन्धी अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताले यस्तो बताएका हुन् कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख जिबनारायण कोईरालाले सरोकार निकाय र अन्य निकायबाट हुने अनियमितताका कामलाई नियन्त्रण गर्नेको लागि जनचेतनाका कार्यक्रमलाई प्रत्येक जिल्लामा ल्याएर सुशासनमैत्री पारदर्शिताको निति सबैले अगाल्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा आयोगका सचिब राम प्र घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्नको लागि प्रबद्र्धनात्मक उपचारात्मक क्रियाकलाप सञ्चालन गरेर नागरिकमा विश्वसनीयता र प्रभाबकारीता प्रदान गर्नुपर्ने बताउदै भ्रष्टाचार नियन्त्रणको लागि सरकारले महत्वपुर्ण रुपमा कदम चालेको बताउदै भ्रष्टाचार न्युनिकरण गर्नु आजको प्रमुख आबश्यकता भएको बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सेबाप्रदायक निकायलाई जिम्मेबार र प्रविधिमैत्री सुशासन मैत्री बनाएर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जनताका विरुद सामाजिक अपराधका विरुद हुने हरेक क्रियाकलापलाई सबैको साझेदारीमा कानुनी कार्यबाही गनुपर्ने बताए ।

कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय गैरसरकारी सघसस्थाका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा आयोगका उपसचिब रामकृष्ण अधिकारी , सहसचिब योेगेन्द्र प्रसाद पाण्डे लगायतले आयोगको काम कर्तब्यको बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गनुभएको थियो कार्यक्रम आयोगका सचिब राम प्रसाद घिमिरेको अध्यक्षता ,शाखा अघिकृत बाबुराम पौडेलेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कमप्युटर अपरेटर मुक्तिराम बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै