१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

रेडियो नाटक ’रोपेगुना फल’मा आधारित टिकटक प्रतियोगिता, टिकटकमा चर्चित मोडल मिस पवी निर्णायकमा

काठमाण्डौ । टिकटकमा चर्चित मोडल मिस पवी अडियो÷रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजो सोमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस कार्यका लागि सहमति भएको हो । स्थापित सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन् ।

सार्वजनिक योजनाअनुसार अडियो÷रेडियो नाटक रोपेगुना फलमा आधारित टिकटक बनाउने उत्कृष्ट तीन जनाले आकर्षक नगद पुरस्कार पाउनेछन् । विशेषगरी जन्मेदेखि आठ वर्षसम्मका बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । टिकटक प्रतियोगितामा चर्चित टिकटकर मिस पवीले प्रचारप्रसार, प्रवर्द्धन तथा निर्णायक समूहमा रही सहयोग गर्ने छिन् । मिस पवी सुदूरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमूलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन् ।

रोपेगुना फल अडियो÷रेडियो सुदूरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले त्यस क्षेत्रको लोकप्रिय लवजमा टिकटकमार्फत धेरैभन्दा धेरै लक्षित स्रोता–दर्शकसम्म पुग्नका लागि उपयोगी हुने भएकोले टिकटक प्रतियोगिता आयोजना गरिएको एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन् ।

एन्टेना फाउण्डेशनका अनुसार यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनोट गर्न सक्ने छन् । टिकटक भिडियो न्यूनतम एक मिनेटको र अधिकतम तीन मिनेटको हुनु पर्नेछ । भिडियो कसैको पनि जातीय, लैङ्गिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ । भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ । प्रतियोगितामा भाग लिने एक जनाले एउटा वा बढी टिकटक बनाउन सक्ने छन् वा समूहमा मिलेर समेत सहभागी हुन सक्ने छन् । टिकटक भ्युज, लाइक्स, कमेन्ट, शेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखी प्रतियोगी छनोट गरिनेछ । पुरस्कृत प्रतियोगीले एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने अडियो, रेडियो तथा भिडियो नाटकमा कलाकार भएरसमेत काम गर्ने अवसर पाउन सक्ने छन् ।

रेडियो नाटक रोपेगुना फल एन्टेना फाउण्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज @AntennaFN वा युट्युब च्यानल AntennaFoundationNepal मा उपलब्ध छ । प्रतियोगी टिकटकका लागि तीनै नाटक सुनेर संवाद रोज्न सकिन्छ । प्रतियोगीले प्रतियोगिताका लागि बनाइएका टिकटक भिडियोहरू आफ्नै टिकटक एकाउन्टबाट शेयर गर्नु पर्नेछ । त्यसरी भिडियो शेयर गर्दा #ropegunafal ह्यासट्याग र @antennafoundationnepal_लाई मेन्सन गर्नु पर्नेछ । टिकटक प्रतियोगिता २०७९ माघ १५ गतेसम्म कायम गरिएको छ । रोपेगुना फल युनिसेफ नेपालको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गर्ने लोकप्रिय धारावाहिक अडियो/रेडियो नाटक हो । यो अभियानमा पपुलेशन मिडिया सेन्टर र भायामो नामक संस्थासमेत संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै