अर्घाखाँची । अर्घाखाँचीमा सहकारीले सामाजिक र आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेलेको जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले बताएका छन् । भुसालले सनिवार सन्धिखर्कमा भएको त्रिवेणी बचत तगा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा त्रिवेणी सहकारीले निर्वाह गरेको भुमिका महत्वपूर्ण भएको भन्दै प्रशंसा गरेका थिए । सहकारीको काम बचत संकलन, ऋण लगानी र ब्याजबाट नाफा कमाउने मात्र नभएको बताउदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने, आर्थिक अवस्था कमजोर भएका समुदायको आर्थिक अवस्था वृद्धिमा भुमिका खेल्ने र स्वरोजगारको वातावरण सृजना गर्ने भएको बताए ।
अध्यक्ष भुसालले सहकारीको विकासमा सबैपक्षको ध्यान जानुपर्ने समेत बताएका थिए । ‘अन्य जिल्लाहरुमा सहकारीको विकासमा सबै क्षेत्रले सहयोग गरेको पाइन्छ तर हाम्रो अर्घाखाँचीमा सहकारीलाई हेर्ने दृष्टिकोणमा अझैपनि फरक आउन सकेको देखिदैन् ।’ उनले भने ‘जिल्लामा ठुलो संस्था निमार्णको लागि सहकारी मर्ज अभियानमा लाग्नुपर्छ ।’
सञ्चालक समितिको तर्फबाट अध्यक्ष कमल प्रसाद घिमिरे, कोषाध्यक्षको तर्फबाट माधवा भुसाल, लेखा सुपरिवेक्षण समितिको तर्फबाट चोपनारायण बन्जाडे र व्यवस्थापक तुल्सीराम खनालले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीका अध्यक्ष दोर्ण प्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाको सहकारी शाखा प्रमुख जिवनारायण आचार्य, संस्थाका संस्थापक अध्यक्ष गोबिन्द बिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबिच सहकारीले साधारणसभाको अवसर पारी ७० बर्ष माथिका ४ जना जेष्ठ सदस्यहरु प्रेमप्रसाद भुसाल, रेशमराज भुसाल, खड्ग बहादुर थापा र इन्द्रबहादुर खड्कालाई सम्मान गरेको थियो । सहकारीले सेयर सदस्यहरुका छोराछोरीको तर्फबाट एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गर्नुको साथै पत्रकारीताको क्षेत्रबाट संस्थालाई सहयोगगर्ने पत्रकार सागर महतलाई नगद र प्रमाणपत्रले सम्मान समेत गरेको हो । असल कारोवार गर्ने ६ जनालाई पनि सम्मान गरेको थियो । यस्तै साधाराण सभाको अबसरपारी संस्थाले पहिलो मालीक सम्मान सहित शेयर सदस्य कल्याणकारी कोष अन्र्तगत शेयर सदस्य भिमि खनाललाई आर्थिक रकम पनि हरुतान्तरण गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिब नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६८ सालमा स्थापित संस्थामा हाल शेयर सदस्य र बाल सदस्य गरी ११ सय ६० जना शेयर सदस्यहरु आबद्ध रहेको र करिब १५ करोड पँुजी , १० करोड भन्दा माथी ऋण लगानी , १० करोड ३५ लाख बचत र ३ करोड ३५ लाख शेयर पुजि रहेको संस्थाले जनाएको छ ।