ंनविन रसाईली अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचकिो १५ औ साधारण सभाको उद्घाटन सत्र कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारहरुले पत्रकारको मर्यादा भित्र रहेर राज्यलाई उज्यालो बाटो देखाउने काम गर्नुपर्ने बताए । पाण्डेले पछिल्लो समय पत्रकार माथी पनि धेरै प्रश्नहरु उठिरहेको बताउदै पत्रकारले पत्रकारिता आचारसंहितालाई विषेश ख्याल गर्नुपर्ने बताए । पत्रकारहरुले तथ्यपरक समाचार मात्र प्रशारण प्रकाशन गर्न आग्रह गरे । उनले भने “हामी पत्रकारले सत्य तथ्य बाहिर जनतामाझ लिने हो । पत्रकारहरु आवाज बिहिनको आवाज बन्न सक्नुपर्छ । हामीबाट धेरैले सत्य कुराको आशा गरिरहेका हुन्छन् तिनिहरुको आशालाई निराशामा परिणत गर्नु हुँदैन् ।”
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपालीले प्रेस स्वतन्त्रताको लागि निरन्तर आन्दोलनमा रहने बताईन् । उनले अर्घाखाँचीमा पुरुषको तुलनामा महिला पत्रकारको कमी रहेको बताउदै महिलालाई पत्रकारिता पेशामा संरक्षण गर्न आवश्यक रहेको बताईन । उनले भनिन “नयाँ आउने पत्रकारलाई आधारभुद पत्रकारिता तालिम दिदै पत्रकारिता पेशा गरिरहेका पत्रकारहरुको क्षमता अविबृद्धि गर्नको लागि तिनै तहको सरकारले बजेट विनियोजन गर्नुपर्छ ।”
नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले पत्रकार सुद्धिकरणको अभियानमा रहेको बताउदै राजनैतिक दल तथा अन्य पेशा व्यवसायमा लागेकाहरुले पत्रकार महासंघको सदस्यता लिएको भएमा स्वघोषणा गरी सदस्यता नविकरण नगरी व्यवसायीक पत्रकारिता पेशा गर्ने व्यक्तिलाई सदस्यता दिन आग्रह गरे । उनले भने “राज्यले पत्रकार र मिडिया संघ संस्थालाई संरक्षण गर्न ध्यान दिएको देखिदैन । अहिले पत्रकारहरुले रेडियो तथा अन्य संचार माध्यम नै बन्द गर्ने अवस्थामा पुगेका छन् ।”
कार्यक्रममा सहभागी वक्ताहरुले महासंघ सबै पत्रकारको साझा संस्थाको रुपमा अगाडी बढ्नुपर्ने बताएका थिए । पत्रकारहरुले समाचार प्रशारण तथा प्रकाशन गर्दा आचारसंहितालाई ध्यान राख्नुपर्ने पनि बताएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्षमा निर्वाचित महासंघका साधारण सदस्य प्रदिप मिश्र, मालारानी गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा निर्वाचित तुलसीराम मिश्रलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, महासंघका केन्द्रिय सदस्य राधा नेपाली, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, प्रदेश सदस्य प्रेम नारायण आचार्य, प्रदेश सदस्य चिन्ता परियार, प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता, उपाध्यक्ष विरेन्द्र के.सीको स्वागत मन्तव्य र सचिव विनोद गैरेको संचालनमा सम्पन्न भएको थियो ।