राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अर्घाखाँचीको सातौं अधिवेशन सम्पन्न

नविन रसाईली अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान अर्घाखाँचीको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सोमबार सन्धिखर्कमा सम्पन्न भएको हो ।

सातौ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य सहयोगी वि.सीले अर्घाखाँची जिल्लाका कलाकारहरुको संरक्षणको लागि आफु निरन्तर लाग्ने बताए ।

उद्घाटन समारोहमा बोल्दै निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य सहयोगी वि.सी

कार्यक्रममा प्रतिस्ठानका प्रदेश अध्यक्ष डिल्लिनारायण पाण्डेले प्रतिस्ठानले कला गलाको संरक्षण गर्नुपर्ने बताउदै नवप्रतिभालाई प्रोत्साहन गर्नुपर्ने बताए । पाण्डेले अर्घाखाँचीका कलाकारहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सफल रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष डिल्लिनारायण पाण्डे

यस्तै केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक राज गरौजाले प्रतिस्ठानलाई बलियो र सफल बनाउन सबै लाग्नुपर्ने बताए । उनले गित गाउन र नृत्य गर्न जान्ने मात्र प्रतिस्ठानको सदस्य बन्न नपर्ने बताउदै प्रतिस्ठानमा संस्थाको हितको लागि काम गर्न सक्ने सदस्यको खाँचोे रहेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक राज गरौजा

अधिवेशनले राजेन्द्र जि.सीको अध्यक्षतामा १६ सदस्य कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार, बन्दना चौहान, सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सह–सचीवमा तिलका भुषाल, सह कोषाध्यक्षमा तेजबहादुर नेपाली रहनुभएको छ भने सदस्यहरुमा पुजा के.सि, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर बिक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहेका छन् ।

कार्यक्रम अध्यक्ष राजेन्द्र जि.सीको अध्यक्षता, सदस्य तथा प्रवत्ता तेजेन्द्र समशेर पाण्डेको स्वागत मन्तव्य र सचिव सागर परियारको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img