१६ बैशाख २०८२, मंगलबार
१६ बैशाख २०८२, मंगलबार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अर्घाखाँचीको सातौं अधिवेशन सम्पन्न

नविन रसाईली अर्घाखाँची । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान अर्घाखाँचीको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सोमबार सन्धिखर्कमा सम्पन्न भएको हो ।

सातौ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य सहयोगी वि.सीले अर्घाखाँची जिल्लाका कलाकारहरुको संरक्षणको लागि आफु निरन्तर लाग्ने बताए ।

उद्घाटन समारोहमा बोल्दै निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य सहयोगी वि.सी

कार्यक्रममा प्रतिस्ठानका प्रदेश अध्यक्ष डिल्लिनारायण पाण्डेले प्रतिस्ठानले कला गलाको संरक्षण गर्नुपर्ने बताउदै नवप्रतिभालाई प्रोत्साहन गर्नुपर्ने बताए । पाण्डेले अर्घाखाँचीका कलाकारहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै ख्याति कमाउन सफल रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष डिल्लिनारायण पाण्डे

यस्तै केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक राज गरौजाले प्रतिस्ठानलाई बलियो र सफल बनाउन सबै लाग्नुपर्ने बताए । उनले गित गाउन र नृत्य गर्न जान्ने मात्र प्रतिस्ठानको सदस्य बन्न नपर्ने बताउदै प्रतिस्ठानमा संस्थाको हितको लागि काम गर्न सक्ने सदस्यको खाँचोे रहेको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक राज गरौजा

अधिवेशनले राजेन्द्र जि.सीको अध्यक्षतामा १६ सदस्य कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार, बन्दना चौहान, सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सह–सचीवमा तिलका भुषाल, सह कोषाध्यक्षमा तेजबहादुर नेपाली रहनुभएको छ भने सदस्यहरुमा पुजा के.सि, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर बिक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहेका छन् ।

कार्यक्रम अध्यक्ष राजेन्द्र जि.सीको अध्यक्षता, सदस्य तथा प्रवत्ता तेजेन्द्र समशेर पाण्डेको स्वागत मन्तव्य र सचिव सागर परियारको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै