पाणिनीको सिम्ले गाउँ नै व्यवसायिक सुन्तला खेतीमा

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेका दधिराम गौतमको बारीभरी सुन्तला फलिरहेका छन् । उनले सुन्तला खेतिबाट गतवर्ष ९ लाख आम्दानी गरेको सुनाए । यस वर्ष अझ धेरै सुन्तला फलेकाले आम्दानी पनि करिव १५ लाख सम्म हुने उनको अनुमान छ । ‘गएका वर्षहरुमा व्यपारीहरु घरमै आएर सुन्तला बुटवल,, तानसेन, पोखरा, सन्धिखर्क र भैरहवाको बजारमा लाने गर्थे’ । उनले भने ।

सिम्लेको ४९ घरपरिवारको गाउँ नै सुन्तला खेतीमा लागेको छ । त्यहाँका स्थानियले अन्न उब्जने बारीमा समेत सुन्तला लगाएका छन् । उनिहरुले व्यवासायिक सुन्तला खेतिबाटै नै जीवनस्तर सुधार गरका हुन् । पाणिनीको सिम्ले गाउँमा मात्रै करिव ५ करोडको सुन्तला फलेको कृषकहरुको भनाई छ ।

अर्का कृषक रेवती प्रसाद पौडेलको बारीमा ५ सय ५५ बोट सुन्तलाका छन् । त्यी बोटहरुबाट यस वर्ष २ सय ४० क्विन्टलभन्दा बढी सुन्तला फलेको उनले बताए । उनको पनि यस वर्ष २५ देखि २८ लाख आम्दानी हुने सुनाए । ‘गएको वर्ष भन्दा यस वर्ष धेरै सुन्तला फल्यो आम्दानी पनि धेरै हुन्छ’ ।

पाणिनी गाउँपालिकाको सहयोगमा पोखराथोकमा शीत भण्डार निर्माण भएको छ । शीत भण्डार निमार्ण भएपछि कृषक अझ सुन्तला खेतीमा आर्कषक हुन थालेका छन् । मौसमी सुन्तला सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डार अर्थात् कोल्ड स्टोरमा राखेर बेमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएका छन् । ‘पहिला सुन्तला भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नसकेपछी सस्तो मुल्यमा बेच्नुपथ्र्यो केहि सुन्तलाहरु बिग्रीएर नष्ट हुँदा नोक्सान बेर्होनु पथ्र्यो । अहिले गाउँपालिकाले त्यो समस्यालाई ध्यानमा राखेर शीत भण्डार बनाइदिएको छ । हामीलाई सहज भएको छ’ । कृषकहरुले भने ।

यसो त पाणिनीको सिम्ले, पटौती, मैदान, छत्रदेवको अर्घातोष, भगवती, मालारानीको खन, साकिन्धारा, हंसपुरका किसानहरुले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् ।

अर्घाखाँचीमा १ हजार २ सय हेक्टरमा सुन्तला खेती हँुदै आएको छ भने व्यवसायिक सुतला खेती गर्ने किसानको संख्या १ हजार रहेको छ । यहाँ उत्पादन भएको सुन्तला सदरमुकाम सन्धिखर्क, कपिलवस्तु, बुटवल, भैरवहा र पोखरा लगायतका शहरहरुमा बिक्रि हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img