
नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १२ मा युवा नेता बसन्त श्रेष्ठले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । श्रेष्ठले नेकपा एमालेबाट वडा नं. १२ मा वडा अध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराएका हुन ।
लामो समय देखि राजनैतिक, समाजसेवी पत्रकारीता लगायत विभिन्न पेसामा आवद्ध रहि काम गर्दै आएका श्रेष्ठले आफ्नो वडाको विकास र समृद्धिको लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले अबको विकास युवाहरुबाट सम्भव रहेको बताउदै सन्धिखर्क १२ मा आफ्नो जित सुनिश्चित रहेको समेत बताए । सुशासनको क्षेत्रमा लोमो समयको अनुभव भएका उनि वडामा हुने सबै कार्यहरु खुल्ला र पारदर्शी हुने बताउन्छन् ।
युवा नेता श्रेष्ठ नेपाली विषयमा डिग्री सम्म अध्ययन गरेका छन् भने उनि कानुनका समेत विद्यार्थी हुन् । उनि प्रेस चौतारी नेपाल अर्घाखाँचीका समेत अध्यक्ष रहेका छन् । आफ्नो व्यक्तिगत काममा भन्दा सामाजिक सेबामा रमाउने श्रेष्ठको उम्मेदबारीले वडामा नयाँ तरङ्ग छाएको छ । उनि समाजमा शालिन र भद्र स्वभावको रुपमा परिचित छन् । युवा नेता श्रेष्ठले यसपालि आफुलाई जनताले साथ सहयोग गरेर बिजयी बनाउनेमा ढुक्क रहेको बताउन्छन् ।