१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

खेल क्षेत्रको विकासको लागि लागिपरेका छौः नगर प्रमुख भुसाल

Workplace

२१ फागुन, अनिल नेपाली अर्घाखाँची । खेल क्षेत्रको विकासको लागि आफु निरन्तर रुपमा लागि परेको सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनुभएको छ । स्वास्थ का लागी खेलकुद ,रास्ट्रका लागी खेलकुद भन्ने मुलनारा का साथ रास्ट्रिय तेक्वान्दो नेपाल अर्घाखाँचीले आयोजना गरेको तेक्वान्दो प्रतियोगिता को उद्घाटन गदै प्रमुख भुसालले यस्तो बताउनुभएको हो । भुसालले खेलको पहिचानले मानिसलाई सबल सक्षम बनाई राष्ट निर्माणमा समेत प्रेरणदायी भुमिका खेल्नको लागि मदत गर्ने हुदा सबै लाग्नु पर्ने बताउदै खेल सम्वन्धी भएका विकासका पुरानालाई सरचनालाई समेत जोगाउनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे वडा न. २ का वडा अध्यक्ष मोतीजङ रायमाझी वडा न.१ का वडा अध्यक्ष युबराज बन्जाडे , जिल्ला खेलकुद समिति का कार्यलय सचीव जनक गैरे क्रीकेट संघ अर्घाखाँची का अध्यक्ष ऋषि भट्टराई नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल ले शुभकामना मन्तब्य राख्दै खेल क्षेत्रको विकासको लागि सबै लाग्नुपर्ने बताएका थिए

सन्धिखर्क नगरपालिका वडा न.१ र २ को संयुक्त आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम को अध्यक्षता तेक्वान्दो अर्घाखाँची का अध्यक्ष बिष्णु परियार र सहसचिव मनिष सिंह को संचालन ठाकुर सुनारको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै