१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

देशमा परिबर्तन ल्याउनको लागि पत्रकारको महत्वपुर्ण भुमिका रहेको छः उपप्रमुख विक

अर्घाखाँची । देशमा लोकतन्त्र र गणतन्त्र सघीयता ल्याउनमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक बताएका छन ।

बुधबार सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको महिला पत्रकारहरुको क्षमता अभिबृद्धि कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले यस्तो बताएका हुन । विकले पत्रकारले नै देशमा भएका ठुला ठुला आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेकोले नै आज परिबर्तन सम्भब भएको बताउदै पत्रकार पेशा आफैमा चुनौतीपुर्ण रहेता पनि समाज परिबर्तनको अभिन्न अङ्ग भएकोले पत्रकार आचार सहितामा केन्द्रित रही महिला प्रशिक्षार्थी पत्रकारलाई तालिमलाई उपलब्धी मुलुक बनाउन आग्रह गरि तालिम पछि व्यबसायिक पत्रकारिता गर्न आग्रह समेत गरे कार्यक्रममा पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालले पत्रकार पेशालाई मर्यादित बनाउनको लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउदै तालिमलाई उपलब्धीमुलक बनाउनको लागि समेत आग्रह गरे ।

यस्तै तालिमकाे सहजीकरणा पत्रकार महासघका सहसचिब हृदय कुमार भुसालले गरेका थिए । २ दिन सम्म चल्ने पत्रकारिता तालिममा १५ जना महिला प्रशिक्षार्थी पत्रकारको सहभागिता रहेको छ । शाखा प्रमुख बेल कुमारी परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासघका सहसचिब हृदय कुमार भुसाल अनिल नेपाली, लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै