ज्येष्ठ नागरिकको नितिनियम सम्बन्धि एकदिने अन्तरक्रिया सम्पन्न

१३ फागुन, रूद्रमणी भुसाल अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाको आयोजानमा ज्येष्ठ नागरिकका ऐन तथा नितिनियम सम्बन्धि एकदिने अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले ज्येष्ठ नागरिकहरुको ऐन नियममा लेखिए अनुसार उहाँहरुका हक र अधिकार कार्यान्वय गराउन सन्धिखर्क नगरपालिका सधै प्रतिबद्ध रहेको बताउनु भएको छ । नगर प्रमुख भुसालले नगरपालिकाले ज्येष्ठ नागरिकलाई आफु निर्बाचित भएदेखि नै सबै वडादेखि बिभिन्न प्रकारका सम्मानका कार्यक्रम नियमित रुपमा निरन्तर संचालन गर्न बजेट बिनियोजन गरिरहेको बताउनु भयो ।

१२ वटै वार्डका ६० जना ज्येष्ठ नागरिक र वडा अध्यक्ष र सदस्यहरु सहभागि भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, नगरप्रवक्ता लिलाराम गौतम , वार्ड नं. का अध्यक्ष युवराज बान्जाडे , ज्येष्ठ नागरिक भेष बहादुर बिसी , शोभाखर बन्जाडे , हरि दमासे लगायतले मनतब्य राख्नु भएको थियो ।

नगर स्तरिय कार्यक्रममा ज्येष्ठ नागरिकका ऐन तथा नियम सम्बन्धि जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तदार महेश खनाल , नगरपालिकाकी शाखा अधिकृत मञ्जु खनालले कानुनमा भएका कुरा र ज्येष्ठ नागरिकले भोग्नु परेका समस्याको बारेमा जानकारी लिदै प्रक्षिण समेत दिनु भएको थियो ।

कार्यक्रम महिला बालबालिका ज्येष्ठ नागरिक शाखाकी प्रमुख बेलकुमारी परियारको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img