१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

अपराध नियन्त्रण गर्नु सबैको दायित्व: प्रमुख अधिकारी

Workplace

९ फागुन, अनिल नेपाली अर्घाखाँची । लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ना.म.नि प्रकाश अघिकारीले समाजमा बढेका घटनाको न्युनिकरण गर्नको लागि प्रहरी साझेदारी कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् ।

सोमबार जिल्ला टा«फिक कार्यालय अर्घाखाँचीको भबन उद्घाटन गदै अघिकारीले यस्तो बताएका हुन् अघिकारीले समाजमा दण्डहिनताको परकाष्ठको रुपमा मानिसले जाने वा नजानेर धेरै किसिमका गल्ती गरेको बताउदै त्यस्ता गल्तीलाई सबैको सहयोगमा न्युनिकरण गर्नको लागि साझेदारी कार्यक्रमले सहयोग मिल्ने बताउदै घटनाको प्रहरीले बास्तविक रुपमा छानविन गनुपर्ने बताए । अधिकारीले भबन निर्माणले दुघटना न्युनिकरण गर्नका लागि सहयोग मिल्ने बताउदै भबन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अचानक किसिमका हुने दुघटना न्युनिकरणमा भबनको निर्माणले सहजता थप्ने बताउदै यस्ता किसिमका सहयोगले सबैलाई फाईदा हुने बताए आफु पनि लुम्विनी प्रदेशमा अपराध नियन्त्रण गर्नको लागि गम्भीर भएर लागेको बताए ।

कार्यक्रममा नेकपा एमालेका उपसचिब भिम के.सी नेपाली काँग्रेसका लुम्विनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान , नेकपा माओबादी केन्द्रका जिल्ला सल्लाहकार सदस्य भेष बहादुर केसी एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहान ,जसपाका केन्द्रिय सदस्य राजु नेपाली राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य गोविन्द विसी नेपाल कम्युनिस्ट पार्टीका सन्धिखर्क नगरपालिका ईन्चार्ज नविन खड्का , उधोग बाणिज्य सघका पुर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ , पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले कार्यक्रममा मन्तब्य राख्दै भबन निर्माणले जिल्लाको टा«फिक नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको बताउदै भबन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।

जिल्ला टा«फिक प्रमुखको रुपमा प्रविन आचार्य आएसँगै भबन निर्माणले तिब्रता पाएको हो । विगत लामो समयदेखि घरभाँडामा बस्दै आएको कार्यालयले अब नयाँ भबन पाएसँगै आफुहरुलाई थप इट्टा थप्ने बताए । स्थानीय सरकार र निर्माण व्यबसायीको ३२ लाख सहयोगबाट ५ कोठाको भबन निर्माण गरिएको छ जिल्लामा धेरै जसो सडकमा खटिरहने प्रहरीको आफ्नो भबन नहुदा समेत प्रहरीलाई केही असहज भएको थियो कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्रीको स्वागत मन्तब्य र भबन निर्माण समितिका अध्यक्षत नारायण प्रसाद बन्जाडेको अध्यक्षतामा प्रहरी निरिक्षक सुचन विक्रम शाहको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहयोगीद्धातालाई समेत सम्मान गरिएको थियो प्रमुख अधिकारीले आज नै भुमिकास्थान नगरपालिका वडा न ४ को धारापानी प्रहरी चौकीको समेत उद्घाटन समेत गनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै