२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा को हुन ?

Workplace

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा खतिवडा छैटौं नम्बरको वरीयतामा छन्।

उनकै नेतृत्वमा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो। खतिवडाले एमालेमा रहँदा मन्त्री बन्ने अवसर पाएका थिएनन्। २०४८ सालमा पहिलोपटक निर्वाचित बनेका उनी त्यसयता चारपटकसम्म सांसद बने तर, मन्त्री बन्न सकेका थिएनन्।

एमालेबाट छुट्टिएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माण भएको डेढ महिनामै खतिवडाले मन्त्री बन्ने अवसर पाएका छन्। खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका हुन्। कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।

मन्त्री बिरोध खतिवडाको स्थायी ठेगाना हेटौंडा उपमहानगरपालिका ४, मकवानपुर हो । २०१७ सालमा जन्मिएका खतिवडाको परिवारमा श्रीमती मुनु सिग्देल, एक छोरा र एक छोरी छन् । उनकी छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । बाबु बद्रीप्रसाद खतिवडा पनि मकवानपुरका पुराना नेता हुन् भने श्रीमती मुनु सिग्देल एकीकृत समाजवादीकी वागमती प्रदेश सभा सदस्य छिन् ।

कानुनमा स्नातक गरेका खतिवडा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । ४ वटा संसदीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका उनले कुनै पनि निर्वाचनमा हार बेहोर्नुपरेको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८, २०५१, २०५६ र २०७४ उनी मकवानपुरबाट निर्वाचित भएका थिए ।

खतिवडाको राजनीतिक यात्रा २०२८ सालमा हेटौंडाको भुटनदेवी माविमा बिद्यार्थी संगठनको उपसचिवको जिम्मेवारीबाट सुरु भएको थियो । खतिवडा कम्युनिस्ट पार्टीमा आवद्ध भएर २०३५ साालदेखि विद्यार्थी र पार्टी राजनीतिमा सक्रिय छन् । २०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्ष भएका उनी २०३७ देखि २०४० सम्म अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका थिए । यस्तै सोही अवधिमा उनी नेपाल ल क्याम्पसको स्ववियु सचिवसमेत भएका थिए ।

नेकपा एमालेको लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर काम गरेका उनी एमाले र तत्कालीन नेकपाको केन्द्रीय सदस्य थिए । हाल उनी नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य छन् ।

कानुन व्यवसायी समेत रहेका खतिवडा नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका थिए । पञ्चायतविरुद्धको राजनीतिक आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा मन्त्री खतिवडा १२ पटक जेल तथा हिरासतमा परेका थिए ।

कानुन व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका खतिवडा राजनीतिमा पृथक पहिचान बनाउन सफल व्यक्ति हुन् । उनले नेपाललाई समृद्ध बनाउनका लागि गाँजा खेतीलाई खुकुलो र व्यवस्थित बनाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् ।

प्रतिनिधिसभामा बोलेर बेग्लै छवि बनाउन साँसदमध्ये विरोध खतिवडा पनि एक हुन् । यो खबर अन्नपूर्ण टाइम्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै