अनेमसंघ (समाजवादी) अर्घाखाँचीद्वारा तीज विशेष दरखाने कार्यक्रमको आयोजना

अर्घाखाँची । अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला समिति अर्घाखाँचीले नेपाली नारीहरुको महान चाड तीजलाई मध्यनजर गर्दै तीज विशेष दर खाने कार्यक्रमको आयोजना गरेको छ । भाद्र २५ गते सोमबार सन्धिखर्कको होटल डायमण्डमा कार्यक्रमको आयोजना गरिएको अनेमसंघका नेता सुनिता बेल्वासेले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमको तयारी लगभग पूरा भइसकेको छ ।

यस्तै कार्यक्रममा चेलिबेटीले दर खाने, तीजका भाकाहरुमा नृत्य गर्नेछन् । कार्यक्रमलाई भव्यता साथ सम्पन्न गर्ने तयारी रहेको अनेमसंघ समाजवादीका नेता सुमित्रा मुखियाले बताइन् । उनले कार्यक्रममा धेरै महिलाको सहभागीता रहेने जानकारी दिइन् । हिजो सनिवार बसेको नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको सचिवालय बैठकमा समेत तिज विशेष दर खाने कार्यक्रमको छलफल भएको थियो ।

खासगरी तिजको अघिल्लो दिन घरमै बनाएर दर खाने गरिन्छ, तर विभिन्न संघ संस्थाले भने त्यो दिन बिदा हुने भएकाले दर खाने कार्यक्रमको आयोजना गरि पहिला देखि नै दर खाने चलन छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img