बाल दिवसको अवसरमा गित तथा नृत्य प्रतियोगिता सम्पन्न, गंगा आधारभुत प्रथम

नविन रसाईली अर्घाखाँची । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनारा सहित ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा सन्धिखर्क नगरपालिकामा गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भदौ २९ अर्थात बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन्धखर्क नगरपालिका भित्रका आधारभुत तहका १७ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण पसाद श्रेष्ठले बालबालिकाको हककितको लागि आफु सदैव लागिरहने बताए । श्रेष्ठले बालबालिकाको हकहितको संरक्षण र संबर्द्धन गरी बाल न्यायको उद्देश्य हासिल गर्नु राज्यको संवैधानिक एवं अन्तर्राष्ट्रिय दायित्व भएको पनि बताए । ‘बालबालिकाको मानसिक, शारीरिक तथा बौद्धिक विकास गरी उनीहरुलाई सवल र सक्षम नागरिक बनाउने राज्यको सकारात्मक दायित्वको परिपालना हुनुपर्छ’ श्रेष्ठले भने ।

यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख मिश्रा आचार्यले बालबालिले पाउने अधिकारका लागि नगरपालिकाले आवश्यक निति तथा कार्यक्रम बनाउने बताईन । उनले भनिन ‘बाल दिवसको अवसर पारेर नगरपालिकाले यो कार्यक्रमको आयोजना ग¥यो आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गरिने छ । बालबालिकाले राम्रो शिक्षा, स्वास्थ, पोषण, सुरक्षा आदी पाउनु उनिहरुको बाल अधिकार हो । हामीले उनिहरुको अधिकारको हनन गर्नू हुँदैन । बालबालिकालाई राम्रो शिक्षा दिने निहुमा उनिहरुलाई यातना दिनु, कुटपिट गर्नु हुँदैन’ ।

प्रतियोगितामा सहभागि विद्यार्थीहरुले बाल अधिकार शिर्षकमा गित गाएका थिए । उनिहरुले बाल अधिकार शिर्षकमा गित गाउदै, नृत्य गर्दै, जनचेतना मुलक प्ले कार्डहरु पनि प्रदर्शन गरेका थिए । प्रतियोगितामा १७ सहभागि विद्यालय मध्ये गंगा आधारमुत विद्यालय प्रथम, अर्घाखाँची आवशीय दोस्रो, ग्रिन ईङलिस् बोडिङ स्कुल तेस्रो, गौरी शंकर चौथो र जनता आधारभुत विद्यालय पाँचौ भएका थिए । विद्यार्थीहरुले प्रतियोगिता सम्पन्न पछी आफनो कला समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, पत्रकार महासंंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मिश्रा आचार्यको अध्यक्षता, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारको स्वागत मन्तव्य र तुलसा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै