मादलले दिईएको नेपाली लाई सुर्लभता व्यस्तता

अनिल नेपाली अर्घाखाँची । हिन्दु नेपाली नारीहरुको महान् चाड हरितालिका तिज नजिकिए सगै महिलाहरु शहर बजारमा आधुनिक गीतमा नाचिने रहने चलन बढिरहेको बेलामा बुधबार दिउँसो अर्घाखाँचीको सन्धिखर्क बजारमा कमल नेपालीले तिजको लागि मादल निर्माण गरिरहेका छन् । उनलाई अहिले यसरी मादल बनाउन भ्याइ–नभ्याइ छ । दिनभरिमा पनि मादल निर्माण गरेर नभ्याएपछि रातिसमेत काम गर्ने गरेको उनको भनाइ रहेको छ । घरमा एक्लै भएका कारण पनि उनलाई काममा भ्याइ–नभ्याइ हुने गरेको छ । बिहान–बेलुका खाना पकाएर खानुपर्छ, जसले गर्दा काममा समेत अवरोध हुने गरेको उनी बताउँछन् । उनले विगत १५ वर्षदेखि सन्धिखर्क बजारमा मादल निर्माण गरी जीवन धान्ने गरेका छन् ।

उनले गाँउका बुवाबाट मादल बनाउन सिकेका थिए । उनले यसरी मादल निर्माण गरेर सिर्जनको समयमा उल्लेखनीय रुपमा बचाउने गरेको बताए । “सधैंभरि हुँदैन, सिर्जनको समयमा खर्च कटाएर उल्लेखनीय रुपमा बचाउने गरेको नेपालीले बताए नेपालीले तीज, दसैं, तथा तिहारको समयमा बढी मादलको माग हुने गरेको बताए । अन्य समयमा सिजनमा जम्मा गरेको रकमबाट खर्च चलाउने गरेको उनको भनाइ छ । अन्य सिजनमा फाट्टफुट्ट काम हुने गरेको छ । नेपालीले विगत १५ वर्षदेखि सन्धिखर्कको बैकरोडबाट डिर्भना सुज सेन्टर पसल खोलेर मादल बनाउनुको साथै जुत्ता चप्पलको समेत व्यापार गर्ने गर्छन् पुरानो मादल मर्मत तथा नयाँ मादल निर्माण गर्ने गरेका छन् । मादलका साथै उनले दमाहा, सारङ्गीसमेत निर्माण गर्ने बताए । उनले निर्माण गरेका मादल सबैभन्दा बढी अन्य जिल्लामा जाने गरेको बताए । जिल्लाका विभिन्न स्थानमा पनि मादल जाने गरेको छ । उनले निर्माण गरेका मादल ३ हजारदेखि २० सम्मका रहेको नेपालीले जानकारी दिए । यसरी उत्पादन भएका मादल बजारमा बिक्रीको लागि कुनै पनि समस्या नभएको उनको भनाइ छ । “मैले उत्पादन गरेका सामग्री बिक्रीको लागि कुनै समस्या छैन, सबै घरमै आएर लैजानुहुन्छ,” नेपालीले मागअनुसार मादल पु¥याउन नसकिएको समेत उनी बताउँछन् ।

मादल निर्माणको लागि चाहिने कच्चा पदार्थको अभाब मादल निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थको भने समस्या भएको उनले बताए । मादल बनाउन आवश्यक पर्ने काठसमेत पाउन समस्या भएको उनी बताउँछन् । “अहिले जङ्गलबाट काठ ल्याउनसमेत पाइँदैन,” कसैले काठ दिए पनि किनेर ल्याउँदासमेत समस्या झेल्नुपरेको उनको भनाइ छ ।

राज्यले पेशाको सम्मान गर्न सकेन
“राज्यले सहयोग गर्नुको साटो दुःख दिने गरेको छ,” नेपालीले भने । मादल बनाउने समुदायलाई समाजमा हेर्ने दृष्टिकोण समेत फरक रहेको उनको भनाइ छ, जसले गर्दा पछिल्लो समयमा यसतर्फ युवावर्ग नलाग्ने गरेको उनले बताए ।
मादल निर्माण गर्ने समुदायलाई हेर्ने द्धृष्टिकोण फरक
“मादल बनाउने समुदायलाई समाजले तल्लो दृष्टिले हेर्ने गरेको छ,” नेपालीले भने संविधानमा विभेदको अन्त्य गरिएको उल्लेख गरिए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताए । यसतर्फ युवाहरूलाई आकर्षण गराउन तालिम र यसका बारेमा जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै