इन्सेकद्धारा न्यायको लागी बहुविवाहको मुद्यामा कानुनी प्रक्रिया अगाडी बढाउन आर्थिक सहयोग

सागर परियार अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङला निवासी राम प्यारी परियारलाई अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय नेपालगंजले न्यायको लागी बहुविवाहको मुद्यामा कानुनी प्रक्रिया अगाडी बढाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । विगत केहि बर्ष देखी पिडित रामप्यारीका श्रीमानले शितगंगा नगरपालिका वडा नं. १ स्थायी घर भई हाल वुटवल उपमहानगरपालिका वडा नं. ५ हाट वजार बस्ने ४४ बर्षिय जमुना परियार संग दोस्रो विवाह गरेका थिए । पिडित महिलाले दोस्रो श्रीमातीका साथ बुटवलमा पेसा ब्यवसाय गरि बसेको थाहा पाए पछि जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा आवश्यक परामर्श गरि पिडक गोपाल दर्जी र जमुना परियार विरुद्ध मुद्या दर्ता गराउन लागेकी हुन ।

पिडक श्रीमानले बाल बच्चाको रेखदेख पालन पोषण लगायतका कुनै पनि कुरामा साथ नदिएको र उल्टै पारिवारिक, मानसिक यादना दिने गरेका थिए । इन्सेक जिल्ला प्रतिनिधि कुल बहादुर नेपाली ले पडित महिलाको आवस्थाको वारेमा थाहा पाए पछि केहि राहत होस भन्ने उदेश्यले आफुले आवश्यक कागजातहरु जुटाई सहयोगको लागी प्रदेश कार्यालयमा अनुरोध गरेको र त्यहि अनुरोध कारण सहयोग हस्तान्तरण गरेको बताए ।

आर्थिक अवस्था एकदम कम्जोर भएकी उक्त महिलाको छोरा,छोरीको औषधी उपचार गर्न समेत गाँउ गाँउमा सहयोग मागी गर्नु परेको र बस्ने घर समेत बर्षाका कारण कति बेला भत्कने ठेगान नभएको र माथि छानो समेत नहुदा विभिन्न सघं सस्था संग आवश्यक राहतको लागी आवहान गरेको संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँची अध्यक्ष विष्णु परियार बताए । सहयोग हस्तान्तरण कार्यक्रममा दलित महिला संघ जिल्ला सदस्य आसा परियार, जातिय समता समाज जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,नेपाल पत्रकार महासंघ जिल्ला सह सचिव अनिल नेपाली, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला अध्यक्ष सागर परियार लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img