एमालेको प्रतिवाद नगरी चुनाव जितिँदैन : अध्यक्ष प्रचण्ड

१६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उनले अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्’ उनले भने, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने ।’

प्रचण्डले अघि भने, ‘छाती खोलेर भन्नु… हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।’

अध्यक्ष प्रचण्डले तत्कालिन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध आक्रमण गरेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताए ।

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै