नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

समाचार सारांश
Auto Generated by AI
  • सरकारले साउन १ देखि विद्युतीय प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।
  • पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी हुलाकमार्फत पठाइएको छ।
  • यो नयाँ प्रणालीले लाइसेन्स वितरण प्रक्रियालाई छिटो, सहज र सेवामुखी बनाउने विश्वास लिइएको छ।
काठमाण्डाै – सरकारले साउन १ देखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत गाडी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम शुरू गरेको छ ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम शुरू गरेको मन्त्री लम्सालले बताउनुभयो । यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने मन्त्रालयको विश्वास छ ।

ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सीधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img