१३ असोज, अर्घाखाँची । नेपाली काङ्ग्रेसका नेता दुर्गा बहादुर नेपाली सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाचिकोटबाट क्षेत्रीय प्रतिनिधिमा सर्बसहमत निर्वाचित बनेर जिल्लामा प्रतिनिधित्व गर्ने सोच बनाएर अगाडि बढेका छन् । बिगत लामो समयदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय रहेका नेता नेपाली अहिले जयदुर्गे कन्ट्रकसनका सन्चालक र बिधुत लाईन बिस्तार मर्मतमा निकै अनुभबि राम्रो काम गर्न सक्ने निर्माण ब्यबसायिको रुपमा अर्घाखाँची गुल्मि प्युठान पाल्पा रुपन्देही कपिलवस्तु दाङ जिल्लामा छवि बनाउन सफल भएका ब्यक्ति हुन ।
दुर्गा बहादुर नेपाली राजनीति सगै ब्यापारमा लागेका सफल स्पट बोल्ने ब्यक्तिको रुपमा परिचित छन । दुर्गा भन्छन मलाई क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गरेका जनताले दलित कोटाबाट जिल्ला सदस्यमा उमेदवारि दिन दवाब दिएपछि दुर्गाले राजनीतिमा होमिने सोचका साथ अगाडि बढेको बताउछन् ।
सन्धिखर्क लगाएत ६ स्थानिय पालिकामा क्षेत्रीय प्रतिनिधि लाई भेटघाट गरेका नेता नेपाली कुनै हालतमा ब्याक हुने पक्षमा नभएको उनलेे बताए । दलितकोटामा उमेदवार घोषणा गरेका दुर्गा भन्छन ‘मैले अब फुल टाईम राजनीति गरेर काङ्ग्रेसको सगठनलाई चलाएमान बनाउछु मेरो उदेश्य काङ्ग्रेस लाई बलियो बनाउने दलित हरुको हक अधिकारलाई सुनिश्चित गर्ने काङ्ग्रेस भित्र देखिने गुटउपगुट अन्त्य गर्ने अर्घाखाँची जिल्लामा काङ्ग्रेस को चारतारे झन्डा जताततै फहराउने हो मैले काङ्ग्रेसको सगठन मजबुद र क्रियासिल बनाउन जस्तोसुकै सहयोग गर्न पनि पछाडि नपर्ने त्यसैका लागि उमेदवारि दिन लागेको हु’ उनलेे भने ।
विगत देखि सामाजिक क्षेत्रमा काम गर्दै अाएका दुर्गाले बिगतमा कोरोना कहरका बेला दिल्ली लगाएत छिमेकी जिल्ला बाट नेपाल अर्घाखाँची अाई क्वारेन्टाइनमा बसेकाहरु लाई खाना दाल तरकारि चाबल सहयोग गरेका दुर्गाले अहिले पनि सहयोग लाई निरन्तरता दिदै अाएका छन सानै उमेरमा राम्रो सग ब्यबसाय गरेका दुर्गाले अहिले झन्डै १५० जना युवाहरुलाई विभिन्न ठाउमा रोजगारी दिएका छन ।

























