अर्घाखाँचीका ६ वटै पालिकामा कांग्रेसले नयाँ नेतृत्व पायो

११ असोज, लक्ष्मण घिमिरे अर्घाखाँची । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत गाउँ/नगर अधिवेशनमा अर्घाखाँचीका ६ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका तिन वटा गाउँ पालिकामा सर्वसहमतीमा नेतृत्व चयन गरिएको थियो भने तिन नगरपालिकामा निर्वाचन गरिएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र सेढाईले जानकारी दिए ।

सन्धिखर्कको नगरपालिकाको सभापतिमा बाबुराम भुसाल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी लिलाधर बस्याललाई ३२ मतले पराजित गर्दै भुसाल सभापती निर्वाचित भएका हुन् । विजयी भुसालले १५५ मत प्राप्त गर्दा अर्का प्रत्यासी लिलाधर बस्यालले १२३ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का प्रतिस्प्रधि बिष्णुप्रसाद भुसालले १२ मत प्राप्त गरेका छन् । उपसभापतिमा तुल्सी पौडेल १३१ मत र शान्ता पन्थी १०५ मत प्राप्त गरि विजयी भए भने नगर सचिवमा मुक्तिनाथ भुसाल र कृष्णप्रसाद आचार्य निर्विरोध भए ।

भुमिकास्थान नगरपालिकाको सभापतिमा खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भएका छन् । सो नगरपालिकाको उपप्रमुख समेत रहेका बेल्वासेले १०३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी श्रेठले ७६ मत प्राप्त गरे । भुमिकास्थानमा अन्य पदमा सहमती भएपनी सभापतीमा निर्वाचन भएको थियो ।

शितगंगा नगरपालिकाको सभापतिमा मोहन पन्थी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी मोती बेल्वासेलाई ३७ मतले पछी पार्दै पन्थी सभापतीमा निर्वाचित भएका हुन् । पन्थीले १४३ मत प्राप्त गरे भने बेल्वासेले १०६ मत ल्याए । यस्तै उपसभापतीमा बिष्णुराज बेल्वासेले १२९ तथा मानबहादुर सारुले १२१ मत प्राप्त गर्दै उपसभापतीमा विजयी भएका छन् । सचिवमा चन्द्रमणि बेल्वासेले १५१ तथा हेमनाथ भुसालले १४० मत ल्याएर विजयी भएका छन् ।

जिल्लाका ३ गाउँपालिकामा भने सर्वसहमत नेतृत्व चयन भएको छ । जिल्लाको मालारानी गउँपालका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सर्वसहमत नेतृत्व चयन गरिएको हो । मालारानी गाउँपालिकाको सभापतीमा शोभाखर खनाल निर्विरोध चयन भएका छन् । जिल्ला सहसचिवमा उनको चर्चा चलेपनी उनी पालिकामा आएका हुन् । यस अँघी दुर्गाप्रसाद खनाल, राजेन्द्र विक र गोपाल जिसीले उम्मेद्वारी घोषणा गरेका थिए । एकले अर्कोलाई नस्विकार्ने अवस्था आएपछी शोभाखर खनाललाई अँघी सारिएको हो ।

छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी निर्विरोध सभापती भएका छन् । बाकृष्ण पोख्रेल, प्रकाशचन्द्र भट्टराई, शोभाखर न्यौपाने र प्रकाशराज पन्थीले पालिका सभापतीमा उम्मेद्वारी घोंषणा गरेका थिए । चार जना उम्मेद्वारले सहमतीमा प्रकाशराज पन्थीलाई सभापतीमा चयन गरेका हुन् ।

यस्तै पाणिनी गउँपालिकामा तुल्सी पौडेल सर्वसहमत रुपमा निर्वाचित भएका छन् । सभापतीका प्रत्यासी सुरेन्द्रराज पोख्रेल र सालिकराम घिमिरेलाई सहमतीमा ल्याएपछी तुल्सी पौडेल निर्विरोध भएका हुन् । यहाँका सबै पालिकाका सदस्य भने सर्वसहमतीबाट चुनिएका जिल्ला निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै