प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले सरकार गठनका लागि दाबी नगरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्शपछि ठूलो दलको हैसियतमा उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएका यादवले ३० दिनभित्र बहुमत साबित गर्न विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । नेता यादव मधेश प्रदेशसभाको पहिलो कार्यकालमा सभामुख र यो कार्यकालको पहिलो मुख्यमन्त्री हुनुहुन्थ्यो ।