सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

समाचार सारांश
Auto Generated by AI
  • चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले ऋणको साँवा र ब्याजबापत ९८ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरेको छ।
  • असोज मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
  • कुल ऋणमा ५३ दशमलव १३ प्रतिशत वैदेशिक र ४६ दशमलव ८७ प्रतिशत आन्तरिक ऋणको हिस्सा रहेको छ।

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सरकारले यो शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकोमा झण्डै एक खर्ब रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण सरकारको आम्दानी एवं दायित्वको स्रोत हो । सरकारले सार्वजनिक ऋणमार्फत विकास परियोजना तथा दैनिक कार्य सञ्चालनका लागि खर्च व्यवस्थापन गर्ने कार्यालयका अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

कूल सार्वजनिक ऋणमा २०८३ साउन १ गतेदेखि प्रथम त्रैमासिकको अवधिमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको झण्डै ४६ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापनमा ऋण उठाउने, ग्यारेन्टी गर्ने, ऋणको चुक्ता गर्ने एवं ऋणको पुन संरचनासँग सम्बन्धित कार्य पर्छ । आन्तरिक ऋणलाई अल्पकालीन स्रोत मानिएको छ ।

यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक तथा वैदेशिक रोजगार बचतपत्रलाई लिइएको छ । दीर्घकालीन स्रोतका रूपमा बाह्य ऋणलाई लिने गरिन्छ । यसअन्तर्गत ऋण विश्व बैंक, एशियाली विकास बैंकलगायत अन्तरराष्ट्रिय सङ्घ संस्था तथा विदेशी सरकारबाट लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरको माटोबाट जन्मियर राष्ट्रिय सांगीतिक मञ्चमा चम्किँदै सन्ध्या आचार्य

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

- Advertisement -spot_img
-Advertisement-spot_img