कम्युनिस्ट पार्टी भुमिकास्थानको एकता बैठक सम्पन्न, नयाँ ढंगले अघि बढ्न नेता अधिकारीको जोड

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थानमा नेपाली कम्युनिस्ट पार्टीको एकता बैठक तथा भेला सम्पन्न भएको छ।
  • भेलाले विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई नयाँ सोच र ऊर्जाका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
  • सुधीर नेपालीको संयोजकत्वमा ४५ सदस्यीय नगर कमिटी चयन गर्नुका साथै वडा तहमा समेत जिम्मेवारी तोकिएको छ।

हृदय भुसाल अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी भुमिकास्थान नगरपालिकाको एकता बैठक तथा भेला नुवाकोटको पोखेडाँडामा सम्पन्न भएको छ। भेलाले पार्टीलाई नयाँ ढंग र नयाँ सोचका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश कमिटीका सहसंयोजक कृष्ण अधिकारीले विगतका कमजोरीहरूको समीक्षा गर्दै पार्टीलाई नयाँ तवरबाट अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षालाई आत्मसात गर्दै पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
“हिजोका कमजोरीहरूलाई समीक्षा गर्दै आगामी दिनमा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैलीका साथ अगाडि बढ्नुपर्छ,” अधिकारीले भन्नुभयो। उहाँले पार्टी एकतालाई संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
एकता भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का ‘उज्वल’, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुरकुमार विक ‘किशोर’, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज राजेन्द्र भुसाल, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज नारायण शर्मा, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रामबहादुर चौहान, केन्द्रीय सदस्य हृदय भुसाल, केन्द्रीय सदस्य तथा नगर इन्चार्ज ठाकुर सौराग, केन्द्रीय सदस्य नारायण विकलगायतका नेताहरुले मनतब्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै पार्टी प्रदेश कमिटी सल्लाहकार सदस्य तथा भुमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रदेश कमिटी सचिवालय सदस्य तारापती भट्टराई, शर्मिला पोख्रेल, सुन्दरसिंह ठकुरीलगायतका नेताहरूले पार्टीको आगामी कार्यदिशा, संगठन निर्माण तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो।
एकता भेलाले सुधीर नेपालीको संयोजकत्व र कुलराज बन्जाडेको सहसंयोजकत्वमा ४५ सदस्यीय नगर कमिटी चयन गरेको नगर इन्चार्ज ठाकुर सौरागले जानकारी दिनुभयो। भेलाले भुमिकास्थान नगरपालिकाका १० वटै वडामा इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारीसमेत तोकेको पार्टीले जनाएको छ।
कार्यक्रम नगर कमिटी संयोजक सुधीर नेपालीको अध्यक्षता, सुन्दरसिंह ठकुरीको स्वागत मन्तव्य तथा कुलराज बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

दशैँको टीकाका लागि उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा

सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश

गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

दशैँका लागि काठमाण्डौबाट घर जानेक्रम शुरु

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img