
- आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षाको सम्भावना छ।
- कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्छ।
- मधेश प्रदेशसहित केही तराईका स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई एक/दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।


























