ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

समाचार सारांश
Auto Generated by AI
  • उद्योग मन्त्रालयले सुरक्षा निकायमार्फत खाना पकाउने ग्यास बिक्री वितरण गराउने तयारी गरेको छ ।
  • ग्यास वितरणमा भइरहेको असहजता हटाउन सेना, प्रहरी र सशस्त्र प्रहरीका आउटलेट प्रयोग गरिनेछन् ।
  • बजारमा देखिएको ग्यासको अभावलाई ध्यानमा राखेर सरकारले यो व्यवस्था मिलाउन लागेको हो ।

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ ।

विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।

सेना, प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन् । यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनुभएको छ ।

उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यससम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

- Advertisement -spot_img
-Advertisement-spot_img