आज देशैभर कांग्रेसको पालिका अधिवेशन

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ।
  • वडा अधिवेशन सकेका ठाउँमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ।
  • नयाँ विधानअनुसार पालिकामा पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन्।
काठमाण्डौ – नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ ।

पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुटबाहेक यसअघि देशभरका वडामा वडाअधिवेशन सम्पन्न भैसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ ।

रसुवामा बाढीले क्षति पुर्‍याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भैरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ । कांग्रेसले यही १६ देखि १९ गतेसम्म काठमाण्डौमा १५औँ महाधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img